logo

जनकपुरमा तीन दिने खाद्य मेला शुरु 

      2/22/2020 गते 00 00 मा प्रकाशित     1097   पटक पढिएको

जनकपुर १० फाल्गुण । 
परम्परागत पोसिला एवं स्थानीय खाद्य पदार्थको प्रवर्द्धन गर्ने र असल पोषणका लागि खाने बानीमा सुधार ल्याउन जनकपुरमा तीन दिने खाद्य मेला आजदेखी शुरु भएको छ । 

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले एक समारोहबीच मेलाको उद्घाटन गर्नु भयो  । 

रेडिमेड जंक फुड विस्थापित गरी पारम्परिक भोजन शैलीको प्रचार प्रसार तथा लोपोन्मुख पोसिला खाद्यान्नको उत्पादनलाई बढावा दिने उद्देश्यले खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय जनकपुरधामले मेला आयोजन गरेको बरिष्ठ खाद्य अधिकृत बिजय खनालले बताउनु भयो ।

मेलामा प्रदेश २ सँगै कैलाली, मोरङ ,मकवानपुर ,ललितपुर ,सुनसरी  सिन्धुलीसहितका जिल्लामा उत्पादन हुने अन्न, तरकारी, गेडागुडीसँगै ती जिल्लामा रहेका खाद्य उद्योगको उत्पादन प्रर्दशी तथा बिक्रीको लागि राखिएको थियो ।

 

मेलामा सहभागीको संख्यामा कमि देखिए पनि मेलामार्फत स्थानीय उत्पादनलाई बढावा दिने तथा पारम्परिक भोजन शैलीबारे सकारात्मक सन्देश दिन सफल हुने बिश्वास गरिएको छ ।

खाद्य प्रविधि गुण नियन्त्रण बिभागका महानिर्देशक मदिनी जोशी बैद्यको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ता हित संरक्षण मंचका उपाध्यक्ष अजय अधिकारी, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने जनकपुर उधोग वाणिज्य संघका अध्यक्ष ललति साह लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सचालन नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गायत्री मिश्रले  गर्नु  भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.