logo

शिक्षालाई गुणात्मक बनाउन प्रतिस्पर्धात्मक प्रशिक्षण जरुरीः सासद मिया

      2/24/2020 गते 00 00 मा प्रकाशित     1604   पटक पढिएको

बीरगंज १२ फाल्गुण । 
गत वर्ष चैतमा आएको टोरनाडोले क्षतीग्रस्त बनाएको फेँटा गाउँपालिका स्थीत वडा नं.३ मा रहेको मदर्सा भवनको निर्माण हुने भएको छ । त्यी क्षेत्रका संघीय सासद एकवाल मियाले संसदीय साझेदारी कोषको १० लाख रुपैया लगाएर मदरर्सा निर्माण गराउन लाग्नु भएको हो ।

 

आज एक समारोह वीच सासद मियाले मदरसाको शिलान्यास गर्नु भयो । मदरसामा १सय ५० बिद्यार्थी अध्ययनरत रहेका छन । मदरसा जीर्ण अवस्थामा रहेकोले पठन पाठन समेत प्रभावित बनेको थियो ।

 

सासद बिकास कोषबाट मदरसा निर्माण गरेर बिद्यार्थीहरुको पठन पाठनको वतावरण बनाउने उहााले बताउनु भयो । सासद मियाले आउने दिनमा बिकासका कामहरुलाई परिणाम मुखी कुनै कसर बाँकी नराखिने बताउनु भयो ।

 

उहाँले शिक्षालाई गुणात्मक बनाउन प्रतिस्पर्धात्मक प्रशिक्षणको खाँचो रहेको बताउनु भयो । उहाँले मदरसमा अध्ययनरत बिद्यार्थीहरुकालागि गणीत अग्रेजी बिज्ञान बिषय समेत पढाउने धारणा ब्यक्त गर्नु भयो ।

 

उहाँले प्रसौनी गाउँपालिकामा ७० करोडको लागतमा आइटी पोलिटेक्नीक कलेज निर्माण भइरहेको जानकारी दिदै अव कम शुल्कमा यस क्षेत्रका बिद्यार्थीले प्राविधिक शिक्षा लिन पाउने बताउनु भयो । 

कार्यक्रममा फेटा गा. पा. अध्यक्ष अमिरिलाल गुप्ता,  क्षेत्रीय अध्यक्ष सिताराम गुप्ता , वरिष्ठ उपाध्यक्ष जवाहिर महतो, प्रदेश न.२ का अध्यक्ष मदन गुप्ता,मोम्ताज मिया,वडा अध्यक्ष उपेन्द्र साह,जुबैर मिया,लगायत नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.