logo

चारजना हुण्डी कारोबारी पक्राउ

      2/25/2020 गते 00 00 मा प्रकाशित     1611   पटक पढिएको

वीरगन्ज, १२ फागुन । पर्सा प्रहरीले२६ लाख ७१ हजार अवैध नेपाली रुपैया सहित वीरगञ्जबाट ४ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय र तीन जना नेपाली नागरिक रहेका छन् ।

स्रोत खुलाउन नसकेको अबैध नेपाली रुपैयासहित पक्राउ पर्नेमारौतहट पिपरा पोखरिया १ घर भई हाल पर्साको बिरगञ्जमहानगरपालिका.वडा नंम्बर १६ नगवा बस्ने ४१ बर्षीय संजय कुमार साह, सोही ठाउँका ३० बर्षीय जयलाल महतो, ३१ बर्षीय राजु कुमार कलवार र भारत रक्सौल डुमरिया टोल बस्ने ३५ बर्षीय  विजय कुमार ठाकुर रहेका छन् ।

साह र महतोलाई प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरबाट बा.४८.प.६५९७ नम्बरको मोटरसाईकलसहित पक्राउ गरेको हो । पक्राउ परेका साहको साथबाट प्रहरीले स्रोत खुलाउन नसकेको नगद नौ लाख ७१ हजार र महतोको साथबाट नगद दश लाख नेपाली रुपैया बरामद गरेको छ । यस्तै बि आर ०५ ए ए ७२५५ र बी आर ०५ डी ५०१८ नम्बरको भारतीय मोटरसाईकलमा आउदै गरेको अवस्थामा कलवार र ठाकुर प्रहरीले ंवीरगञ्ज १६ स्थित भंसार कार्यालयको गेट अगाडीबाट नियन्त्रणमा लिएको हो ।

कलवारको साथबाट स्रोत खुलाउन नसकेको अबैध तीन लाख र ठाकुरको साथबाट ४ लाख नेपाली रुपैया बरामद भएको पर्सा प्रहरीले जनाएको छ । स्रोत खुल्न नसकेको अवैध रुपैंया सहित पक्राउ परेका चारै जना बिरुद्ध अवैध वित्तिय कारोवार (हुण्डी) शीर्षकमा मुद्दा दर्ता गरी कारवाही अघि बढाईएको पर्साकी प्रहरी उपरिक्षक गँगा पन्तले जानकारी दिईन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.