logo

मगरहरु लाई प्रयोगका पात्र मात्र बनाइयोः मुख्यमन्त्री राउत

      2/27/2020 गते 00 00 मा प्रकाशित     797   पटक पढिएको

चन्द्रपुर १५ फागुन  । मुख्यमन्त्री लालबाबु राउतले हरेक काल खण्डमा मुलुकका लागि ज्यानको आहुति दिने मगर समुदायलाई शासक वर्गले प्रयोगको पात्र मात्र बनाएको बताउनु भएको छ ।


नेपाल मगर संघको ३८ औ स्थापना दिवसको अवसरमा प्रदेश नं.२को कमिटीले रौतहटको मंगलपुरमा आयोजना गरेको विशेष कार्यक्रममा बोल्नु हुँदै मुख्यमन्त्री राउतले राज्यको हरेक परिवर्तनमा अग्रपक्तिमा रहने मगर समुदायलाई आज पनि आफनो पहिचानको लागि संघर्ष गर्नु पर्ने दुर्भाग्य पूर्ण अवस्था रहेको बताउनु भयो ।

 


उहाँले भन्नु भयो , ‘ पृथ्वी नारायण साहको राज्य विस्तार होस वा राणा विरुद्धको आन्दोलन चाहे माओवादीको जनयुद्ध सबैमा मगर समुदायको भूमिका महत्वपूर्ण रहयो तर सबैले मगर समुदायलाई प्रयोग मात्र गरि रहे , यो अन्यायपूर्ण हो ।’


मुख्यमन्त्री राउतले पहिचानको लागि विभेदमा रहेका मधेशी, आदिवासी जनजाति, दलित , महिला मुस्लीमलाई एक हुनु विकल्प नरहेको समेत बताउनु भयो ।


अहिलेको शासन सत्ता संचालन गर्नेहरु समेत एक जाति एक भाषालाई मात्र प्राथमिकतामा राखेको उल्लेख गर्नु हुँदै उहाँले पहिचानको लागि पुनः आन्दोलन गर्नु पर्ने बताउनु भयो ।


आफनो पार्टी प्रदेशहरुको नामाकरण पहिचानकोआधारमा गर्नु पर्ने पक्षमा रहेको उल्लेख गर्नु हुँदै उहाँले भन्नु भयो ,‘ हामी पहिचानको आधारमा प्रदेशको नामाकरण होस भनि चाहि राखेका छौ तर एकात्मक सोचवादीहरुले अहिलेपनि प्रदेशको नामाकरण नदी नालाको नाउमा गरि रहेको छ । यसको विरोध गर्नु आवश्यक छ ।’


पहिचानको आधारमा गठन भएको प्रदेश २को सरकार प्रदेशमा बसोबास गर्ने सबै समुदायको पहिचान स्थापित गर्न प्रतिवद्ध रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश २को नामाकरण समेत पहिचानकै आधारमा मधेश प्रदेश हुने दावी समेत गर्नु भयो ।


मगर संघका प्रदेश अध्यक्ष यम बहादुर खपाङ्गी मगरको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सभासद राम कुमार भट्टराई, मगर संगका इन्चार्ज लेखराज मगर सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा मगर समुदायको भाषा संस्कृति झल्किने विभिन्न साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.