logo

सवारी ब्यवस्थापन शुल्क शर्तभन्दा बिपरित छैनः ठेक्का कम्पनी, मलाई नकारात्मक रुपमा प्रस्तुत गरियोः मिया

      2/28/2020 गते 00 00 मा प्रकाशित     781   पटक पढिएको

बीरगंज १६ फाल्गुण । बीरगंज महानगरपालिका वडा नं २५ लिपिनी बिर्ताका वडाध्यक्ष हवीव मियाले बीरगंज महानगरपालिकाले ठेक्का बन्दोवस्त गरेको सवारी ब्यवस्थापन शुल्क संग आफनो जोड्ने काम भएकोमा गुनासो गर्नु भएको छ ।

 

उहाँले पेशा ब्यवसाय संचालन गर्ने स्वतन्त्रता सम्बैधानिक रुपमा प्रत्याभूत गरिएको बिषयलाई नजरअन्दाज गरेर आफूलाई बदनाम गर्ने काम भएकोमा गुनसो गर्नु भएको हो । उहाँले संचार माध्यमले आफूलाई दोषीको रुपमा देखाउने प्रयास गरेको प्रति पनि दुखेसो पोख्नु भयो ।

 

उहाँले असम्बन्धीत मान्छेको नाम समाचारमा लेखिनु हुदैन भन्ने आचार सहिताको खिलाफमा गएर संचार माध्यमले आफूलाई नकारात्मक रुपमा प्रस्तुत गरेकोमा आश्चर्य ब्यक्त गर्नु भयो ।

बीरगंज महानगरपालिकाले जुन शर्तको अधिनमा रहि  आय संकलनकालागि इजाजत दिएको र त्यो शर्तको पालना गरिएको ठेक्का कम्पनी एच.एण्ड.जे. ट्रेडर्सका संचालक एजाजुल मियाले बताउनु भयो ।

 

ठेक्का सम्झौतामा जुन स्थान कर संकलनकालागि तोकिएको छ। त्यही ठाउबाट कर संकलन गरिएको उहाँले बताउनु भयो । कर संकलनकालागि जुन सवारी साधानकालागि जे मूल्य तोकिएको छ त्यसमा भ्याट थप गरेर सवारी ब्यवस्थापन शुलक उठाइएको उहाँले बताउनु भयो ।

 

उहाँले नेपाली सवारी साधनमा वार्षिक रुपमा लिन पाउने शुल्क आफूहरुले नलिएको समेत बताउनु भयो । उहाँले महानगरपालिकाले तोकेको दर मा उठाउदा ठेक्का कम्पनीलाई जर्वजस्ती ग¥यो भन्नु हास्यास्पद भएको बताउनु भयो । दर र स्थान महानगरले तोकेको हो प्रतिस्पर्धा गरेर ठेक्का लिएको हो यस्तोमा महानगरकोलागि कर उठाईदिने कम्पनी र त्यो संग सम्बन्धीत ब्यक्तिहरु बदनाम हुनु पर्ने कुरा उचित नभएको उहाँको भनाई छ । 


सवारी कर सकलनका बिषयमा समेत स्थानीय प्रहरी र प्रशासनले चासो देखाएको बुझिएको छ । स्थानीय प्रशासनले महानगरले निर्धारण गरेको शुल्क  र तोकेको स्थान  भन्दा बाहिर कर उठाएको भए चासो देखाउनु स्वभाविक हो तर चासो देखाउने नाममा ठेक्का कम्पनीलार्ए हातोत्सही गर्नु उचित नहुने करबिज्ञहरुले  टिप्पणी गरेका छन ।

 

ठेक्का बन्दोबस्तीमा ठेकेदार कम्पनीको बारेमा आएको गुनासोको बिषयमा कारवाही गर्ने निकाय बीरगंज महानगरपालिकानै भएकोले स्थानीय प्रशासनले महानगरलाई सहयोग गर्नु पर्नेमा ठोकेदारका आफन्तजनलाई बोलाएर निरुत्साहित गर्न खोजेको स्रोतले दावी गरेको छ ।

 

स्थानीय सरकारको एकल अधिकार सूचीमा रहेको कर संकलनको बिषयलाई नियमित बनाउन महानगरले तत्काल पहल लिनु पर्ने केही जनप्रतिनिधिहरुले बताएका छन । 


वीरगंज महानगरपालिकाबाट चालू आवमध्ये २१३ दिनका लागि सवारी व्यवस्थापन सेवा शुल्क उठाउन ठेक्का लगाएको हो । पुष २४ बाट महानगरले ठेकेदार कम्पनीलाई चलनपूर्जी दिएको छ । चलन पूर्जी दिदा नै सम्झौतापत्रको कपी सहित जिल्ला प्रशासन कार्यालय पर्सा, आन्तरिक राजस्व कार्यालय पर्सा,नारायणी अञ्चल यातायात कार्यालय ,जिल्ला प्रहरी कार्यालय,शसस्त्र प्रहरी बल,वडा प्रहरी कार्यालय, प्रहरी चेकपोष्ट आइसीपी,इनर्वा प्रहरी चौकी,छपकैया प्रहरी चौकी, ड्राइपोर्ट अस्थायी प्रहरी चौकी,नयाँ बसपार्क, गण्डक,परवानीपुर  बोधार्थ पठाएको छ । 


बीरगंज महानगरपालिकाले ठेक्का लगाएको नेपाली सवारी साधन मध्य माइक्रोबस,नीजी जिपकार भाडाको जीपकार टयाक्टर टेम्पो पावर टेलर मोटर साइकल र रिक्सा तथा ठेलामा आफूहरुले कर नलिएको ऐजाज मियाको भनाई छ । महानगरले सबैसंग कर लिनु भनेको छ तर हामीले ब्यवहारिकतालाई ध्यान दिएर कतिपय सवारी साधनमा लगाइएको कर लिएका छैनौ यो बिषयलाई नजर अन्दाज नगरिदिन समेत उहाँले आग्रह गर्नु भएको छ ।


    
    

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

महासेठ दम्पती पत्रकार सामु, भने जनकपुरको बिकासका बाधक नीधि हुन

जनकपुरधाम ।नेकपा एमालेका सचिव बिदेश बिभाग प्रमुख एवं पूर्व उपप्रधानमन्त्री रघुविर महासेठले नेपाली कांग्रेसका नेता बिमलेन्द्र नीधि बिकास बिरोधी भएको बताएका छन ।

संचारमन्त्री लेखीलाई पदीय मर्यादामा बसेर अभिब्यक्ति दिन पत्रकार महासंघ मधेशको सुझाव

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारका गृह, संचार तथा कानून मन्त्री राजकुमार लेखीका हालैका अभिब्यक्तिप्रति गम्भिर असहमती प्रकट गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.