logo

व्यवसायिक पत्रकारिताका लागि व्यवसायिक र दक्ष फोटो पत्रकार आवश्यकः प्रमुख सरावगी

      2/28/2020 गते 00 00 मा प्रकाशित     1059   पटक पढिएको

बीरगंज १६ फाल्गुण ।बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीले  व्यवसायिक पत्रकारिताका लागि व्यवसायिक र दक्ष फोटो पत्रकार आवश्यक पर्ने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ, प्रदेश नम्वर २ र नेपाल फोटो पत्रकार महासंघ, प्रदेश नम्वर २ को आयोजना गरेको फोटो पत्रकारिता तालिम तथा फोटो प्रदर्शनीको आज बीरगंज उधोग वाण्ज्यिसंघमा उद्धघाटन गर्दै यस्तो बताउनु भएको हो । 


उहाँले बीरगंजमा पत्रकरिताको गुणत्मक बिकासमा आफू सदैव सकारात्मक रहेको बताउनु भयो । पत्रकारिता क्षेत्रको विकासका लागि वीरगञ्ज महानगरपालिका सधैँ तयार रहेको पनि उहाँले बताउनुभयो ।


उहाँले पत्रकारिता समाजको विम्वको रुपमा बन्न सक्नु पर्छ । पत्रकारिताका कारण कतिपय अवस्थामा निकै चित्त दुखेका अवस्थाहरु पनि आएको चर्चा गर्दै नखाएको बिष पनि लाग्ने जस्तो बनाउन नहुनेमा पत्रकारहरुलाई सचेत हुन समेत आग्रह गर्नु भयो । उहाँले प्रदेश २ मा सयभन्दा बढी महत्त्वपूर्ण पर्यटकीय स्थल रहेकाले तिनलाई फोटो पत्रकारिताको माध्यमबाट उजागर गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्सामा रहेका ऐतिहासिक स्थानको प्रवद्र्धनमा पत्रकारिताको योगदान खोजी भएको बताउनु भयो ।


तालिम तथा फोटो प्रदर्शनी उद्घाटन कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष धु्रव आले, उद्योग वाणिज्य संघ, प्रदेश नम्वर २ का उपाध्यक्ष एवम् वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक बैद्य, फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, पर्साका अध्यक्ष श्याम बञ्जारा, वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधवराज पाल, भिजिट नेपाल पर्साका सदस्य मोहन प्रधान, फोटो पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राम सर्राफ र पर्सा अध्यक्ष विजय चौहानले आफ्ना भनाई राख्नुभएको थियो । उद्घाटन कार्यक्रम नेपाल पत्रकार महासंघ, प्रदेश नम्वर २ का अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा भएको थियो ।

 

शुक्रबारदेखि वीरगञ्जमा शुरु भएको  आधारभूत फोटो पत्रकारिता तालिम तथा प्रदेश नम्वर २ स्तरीय फोटो प्रदर्शनी   तीन दिनसम्म सञ्चालन हुनेछ । तालिममा प्रदेश २ का ३० जना पत्रकारको सहभागिता रहेको नेपाल पत्रकार महासंघ प्रदेश २ का सचिव गुरु गौतमले बताउनु भयो ।

प्रतियोगितात्मक फोटो प्रदर्शनीमा प्रदेश २ को संस्कृति र पर्यटनसँग सम्बन्धित ५० वटा फोटो प्रदर्शनीमा राखिएको छ । मूल्याङ्कनमा पहिलो, दोस्रो र तेस्रो हुने फोटोलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइने छ ।

फोटो पत्रकारिता तालिम नेपाल पत्रकार महासंघ, पर्साको हलमा सञ्चालन गरिएको छ । तालिमको प्रशिक्षकमा वरिष्ठ फोटो पत्रकार नरेश श्रेष्ठ, किरण पन्थ, बालकृष्ण थापा, विजय सिंहलगायत रहनुभएको छ ।

फोटो प्रदर्शनी वीरगञ्ज उद्योग वाणिज्य संघको हलमा गरिएको छ । फोटो प्रदर्शनी पनि आइतबारसम्म चल्ने छ । तालिम तथा प्रर्दशनीको स्थानीय ब्यवस्थापन भने  नेपाल पत्रकार महासंघ, पर्सा र नेपाल फोटो पत्रकार महासंघ, पर्साले गरेका छन ।  तालिममा नेपाल पत्रकार महासंघ, केन्द्रीय तालिम विभागको सहयोग रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.