logo

हरिऔनमा मंचको स्थापना, उपभोक्तामैत्री नगर बनाउछुः प्रमुख प्रसाई

      2/29/2020 गते 00 00 मा प्रकाशित     1285   पटक पढिएको

हरिऔन १७ फाल्गुन। उपभोक्ता हित संरक्षण मञ्च हरिऔन नगर कमिटी गठन भएको छ । उपभोक्ता हित संरक्षण मञ्च प्रदेश न.२ का सदस्य निशा हमालको अध्यक्षतामा सर्लाहीको हरिऔनमा सम्पन्न उपभोक्ता अधिकारकर्मीहरुको भेलाले नगर कमिटीको निर्माण गरेको हो ।

 

भेलामा मंचका  केन्द्रिय उपाध्यक्ष अजय कुमार अधिकारीले मंचको सथापना र उद्धेश्यका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले मंचले गरेका काम र त्यसले समाजमा पारेका प्रभावको बारेमा ब्यख्या गर्दै स्वच्छ बजारका निम्ति उपभोक्ता आफै जागरुक हुनु पर्नेमा जोड दिनु भयो ।

 

कार्यक्रममा मंचका केन्द्रीय सदस्य तुलसी रिजालले उपभोक्ता आफनो लागि संगठीत हुनु पर्नेमा जोड दिनु भयो । उहाँले उपभोक्तालाई जागरुक बनाउने बिषयमा सामाजिक सेवामा लागेका ब्यक्तिहरुको क्रियाशिलता आवश्यक भएकोमा जोड दिनु भयो । उहाँले उपभोक्ता अधिकारकर्मीले कानूनन हातमा लिने नभई कानून कार्यानवयन गर्ने निकायलाई जवाफदेही र जिम्मेवार बनाउने भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो ।

भेलामा मंत्रका केन्द्रीय सदस्य धिरज शर्मा, मंचका प्रदेश २ का सल्लाहकार किशोर शर्मा प्रदेश नं २ का अध्यक्ष के.सी.लामिछाने उपाध्यक्ष दिनेशचन्द्र गिरी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । 

 भेलाले दिल बहादुर दाहालको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन भएको थियो । 
उपाध्यक्षमा स्वस्तिका अधिकारी, सचिबमा केशव गौतम, कोषाध्यक्षमा अन्जना कडरिया पन्त, सदस्यहरुमा प्रेमनाथ पौडेल, शेख मुस्तफा,अनिल हमाल,दुर्गाहरि सुबेदी, बिना प्याकुरेल लगायत रहनु भएको छ । त्यसै गरि नारायण गौतमको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति निर्माण गरेको छ ।


नवनिर्वाचित कमिटीलाई हरिऔन नगरपालिकाका प्रमुख गणेश प्रसाईले बधाई तथा शुभकामना ब्यक्त गनुर्रु भयो । उहाँले उपभोक्ताले पाउने सेवा र बस्तु गुणात्मक होस भन्ने बिषयमा आफू मंचसंग सहकार्य गरेर काम गर्न उत्साहित रहेको बताउनु भयो ।

 

उहाँले नागरिकले पैसा खर्च गरेर राम्रो बस्तु र सेवा नपाउनु नागरिक अधिकारको उल्लघंन भएको बताउदै हरिऔनलाई उपभोक्ता मैत्री नगर बनाउन आफू अग्रसर रहने बताउनु भयो । नवनिर्वाचित कमिटीलाई नेकपाका नेताहरु बिदुर प्याकुरेल सन्जिता घिमिरे चुडामणी वाग्ले लगायतले बधाई दिनु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.