logo

हरिऔनमा मंचको स्थापना, उपभोक्तामैत्री नगर बनाउछुः प्रमुख प्रसाई

      2/29/2020 गते 00 00 मा प्रकाशित     1081   पटक पढिएको

हरिऔन १७ फाल्गुन। उपभोक्ता हित संरक्षण मञ्च हरिऔन नगर कमिटी गठन भएको छ । उपभोक्ता हित संरक्षण मञ्च प्रदेश न.२ का सदस्य निशा हमालको अध्यक्षतामा सर्लाहीको हरिऔनमा सम्पन्न उपभोक्ता अधिकारकर्मीहरुको भेलाले नगर कमिटीको निर्माण गरेको हो ।

 

भेलामा मंचका  केन्द्रिय उपाध्यक्ष अजय कुमार अधिकारीले मंचको सथापना र उद्धेश्यका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले मंचले गरेका काम र त्यसले समाजमा पारेका प्रभावको बारेमा ब्यख्या गर्दै स्वच्छ बजारका निम्ति उपभोक्ता आफै जागरुक हुनु पर्नेमा जोड दिनु भयो ।

 

कार्यक्रममा मंचका केन्द्रीय सदस्य तुलसी रिजालले उपभोक्ता आफनो लागि संगठीत हुनु पर्नेमा जोड दिनु भयो । उहाँले उपभोक्तालाई जागरुक बनाउने बिषयमा सामाजिक सेवामा लागेका ब्यक्तिहरुको क्रियाशिलता आवश्यक भएकोमा जोड दिनु भयो । उहाँले उपभोक्ता अधिकारकर्मीले कानूनन हातमा लिने नभई कानून कार्यानवयन गर्ने निकायलाई जवाफदेही र जिम्मेवार बनाउने भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो ।

भेलामा मंत्रका केन्द्रीय सदस्य धिरज शर्मा, मंचका प्रदेश २ का सल्लाहकार किशोर शर्मा प्रदेश नं २ का अध्यक्ष के.सी.लामिछाने उपाध्यक्ष दिनेशचन्द्र गिरी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । 

 भेलाले दिल बहादुर दाहालको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन भएको थियो । 
उपाध्यक्षमा स्वस्तिका अधिकारी, सचिबमा केशव गौतम, कोषाध्यक्षमा अन्जना कडरिया पन्त, सदस्यहरुमा प्रेमनाथ पौडेल, शेख मुस्तफा,अनिल हमाल,दुर्गाहरि सुबेदी, बिना प्याकुरेल लगायत रहनु भएको छ । त्यसै गरि नारायण गौतमको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति निर्माण गरेको छ ।


नवनिर्वाचित कमिटीलाई हरिऔन नगरपालिकाका प्रमुख गणेश प्रसाईले बधाई तथा शुभकामना ब्यक्त गनुर्रु भयो । उहाँले उपभोक्ताले पाउने सेवा र बस्तु गुणात्मक होस भन्ने बिषयमा आफू मंचसंग सहकार्य गरेर काम गर्न उत्साहित रहेको बताउनु भयो ।

 

उहाँले नागरिकले पैसा खर्च गरेर राम्रो बस्तु र सेवा नपाउनु नागरिक अधिकारको उल्लघंन भएको बताउदै हरिऔनलाई उपभोक्ता मैत्री नगर बनाउन आफू अग्रसर रहने बताउनु भयो । नवनिर्वाचित कमिटीलाई नेकपाका नेताहरु बिदुर प्याकुरेल सन्जिता घिमिरे चुडामणी वाग्ले लगायतले बधाई दिनु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

संचारमन्त्री लेखीलाई पदीय मर्यादामा बसेर अभिब्यक्ति दिन पत्रकार महासंघ मधेशको सुझाव

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारका गृह, संचार तथा कानून मन्त्री राजकुमार लेखीका हालैका अभिब्यक्तिप्रति गम्भिर असहमती प्रकट गरेको छ ।

नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छः उपाध्यक्ष घिमिरे

काठमाण्डौ ।  राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नागरिकता ऐन २०६३ को संशोधन विद्येयकलाई आवश्यक सुधार गरेर पारित गर्न सकिने धारणा ब्यक्त गरेकी छिन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.