logo

पत्रकारले मुलुकको लोकतन्त्र जोगाएः प्रदेश सासद शर्मा

      3/1/2020 गते 00 00 मा प्रकाशित     900   पटक पढिएको

वीरगञ्ज १८ फाल्गुण । तीन दिने  आधारभूत फोटो पत्रकारिता तालिम तथा प्रदेश स्तरीय फोटो प्रदर्शनी कार्यक्रम आज सम्पन्न भएको छ । 

कार्यक्रमको समापन सत्रमा प्रदेश सांसद ओमप्रकाश शर्माले पत्रकारिताका कारण मुलुकको लोकतन्त्र बचेको बताउनु भयो । उहाँले मिडिा नभएको भए मुलुक एकदलीय कम्युनिष्ट शासनमा गइसकेको  हनुेथियो भन्नु भयो । 

नेपाल फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मीले पत्रकारिता अनुसासित र मर्यादित हुनु पर्ने वताउनु भयो । तालिमबाट प्राप्त ज्ञान  व्यवहारमा लागु गर्दै अनुसासशत पत्रकारिता गर्न उहाँले सुझाव दिनु भयो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कृ्ष्ण गिरीले पत्रकार आचारसंहिताको अधिनमा रहेर पत्रकारिता गर्नु पर्ने वताउनु भयो ।उहाँले नेपाल पत्रकार महासंघको बाँकी अवधीमा तालिम तथा प्रशिक्षणलाई बिशेगा ध्यान दिइने बताउदै आधारभूत पत्रकारिता त्यसको एउटा नमुना रहेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी .लामिछाने,वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, बरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, महासचिव माधवराज पाल, लगायतको बिशेष उपस्थिती रहेको थियो ।

नेपा पत्रकार महासंघ प्रदेश २ का सचिव गुरु गौतमले संचालन गरेको कार्यक्रममा फोटो पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राम सर्राफाले धन्यावाद ज्ञापन गरेका थिए । समापन कार्यक्रम वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा भएको थियो ।

तालिममा वरिष्ठ फोटो पत्रकार नरेश श्रेष्ठ, किरण पन्थी, बालकृष्ण थापा, विजय सिंह लगायतकाले प्रशिक्षण दिएका थिए ।

नेपाल पत्रकार महासंघ प्रदेश २ र नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ को आयोजना तथा नेपाल पत्रकार महासंघ पर्सा र नेपाल फोटो पत्रकार महासंघ पर्साको सहआयोजनामा फोटो पत्रकारिता तालिम तथा फोटो प्रदर्शनी गरिएको थियो । आयोजकले वताए अनुसार तालिममा नेपाल पत्रकार महासंघ, केन्द्रिय तालिम विभागको सहयोग रहेको थियो ।

वीरगञ्ज मुर्ली स्थित नेपाल पत्रकार महासंघ पर्साको भवनमा फोटो पत्रकारिता तालिम भएको थियो भने वीरगञ्ज मा उद्योग वाणिज्य संघको सभा हलमा फोटो प्रदर्शनी भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.