logo

दुईपक्षीय सहकार्यले आर्थिक विकासमा सहयोग पुग्छ : अजरबैजानी राजदूत डाक्टर असर्रफ 

      3/6/2020 गते 00 00 मा प्रकाशित     1170   पटक पढिएको

वीरगन्ज, २३ फागुन । नेपाल र भारतका लागि अजरबैजानका राजदूत डाक्टर असरर्फ शिखालिएवले नेपाल र अजरबैजानले दुईपक्षीय व्यापारका लागि सहकार्यको विकास गर्नुपर्ने बताउनुभएको छ । पाठशाला नेपाल र एडभान्स ग्रुपले वीरगन्जको दियालो लर्ड्स होटलमा आयोजना गरेको सम्मान तथा परिचयात्मक कार्यक्रममा नेपाल र अजरबैजान भौगोलिक रुपमा समान रहेकोले यसको फाईदा दुवैदेशले लिनुपर्ने बताउनुभयो ।

उहाँले नेपाल कृषि र पर्यटनमा संभावना भएको देश रहेकोले यहाँबाट जडिबुटी उत्पादन गरेर अजरबैजान निर्यात गर्दा आर्थिक समृद्धिमा सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । अजरबैजान २० बर्षअघि ४५ प्रतिशत गरिबीको रेखामुनी रहेको बताउदै उहाँले अहिले ७५ प्रतिशत सूचना प्रविधितको पहुँचमा पुगिसकेको र शतप्रतिशत साक्षरता रहेको बताउनुभयो । उहाँले देशलाई आर्थिक रुपमा समृद्ध बनाउनका लागि शिक्षा र सूचना प्रविधिको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

पाठशाला नेपालका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले नेपालमा कृषिजन्य उत्पादनका उद्योगहरुमा प्रचुर संभावना भएकोले अजरबैजानले कृषिक्षेत्रमा लगानी गर्नेमा आपूm विश्वस्त रहेको बताउनुभयो । एडभान्स ग्रुपका अध्यक्ष अरुण कुमार कर्णले स्वागत गरेको कार्यक्रममा उद्योगी गणेशलाठले सहजीकरण गर्नुभएको थियो । परिचयात्मक कार्यक्रममा वीरगन्जका उद्योगी व्यवसायी, राजनीतिककर्मी तथा संचारकर्मीहरुले अजरबैजानले प्राप्त गरेको सफलता र त्यहाँको सामाजिक, आर्थिक, शैक्षिक विकासको बारेमा जिज्ञासा राखेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.