logo

न्यूज २४ को सीमाञ्चल बहश,कोरोना भाइरस संक्रमणबाट जोगिन  सर्तक हुन बिज्ञको अपिल 

      3/8/2020 गते 00 00 मा प्रकाशित     1175   पटक पढिएको

बीरगंज २५ फाल्गुण ।
करोना भाइरसको संक्रमणको जोखिम भए पनि त्यसबाट आत्तिनु नपर्ने तर सर्तक हुनु पर्नेमा बिज्ञहरुले जोड दिएका छन ।

देशकै चर्चीत टेलीभिजन न्यूज २४ ले बीरगंजमा आयोजना गरेको कोरोन भ्रम र यर्थाथ बिषयक बहशको लाइभ प्रशारणमा बिज्ञहरुले यस्तो धारणा ब्यक्त गरेका हुन । कोरोना भाइरसको संत्रास बढेको अवस्थामा सामाजिक उत्तरदायित्वलाई मनन गर्दै टेलीभिजनले जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको थियो ।

चिनबाट शुरु भएको  करोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नकालागि बीरगंज नाकामा हेल्थ डेस्कको स्थपना गरेको पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीले जानकारी दिनु भयो । उहाँले करोनाको संक्रमणलाई रोक्न कुनै औषधी पत्ता नलागेको अवस्थामा आफ्नो आनी वानीमा परिर्वतन गर्न जोड दिनु भयो ।

उहाँले हातसंगको सम्पर्कलाई मात्र पनि नियन्त्रण गर्न सक्दा निकै फाइदा हुने बताउनु भयो । कारोना भाइरसको लाग्दैमा अत्तिनु नपर्ने बताउदै डा। अभिसेक सिंहले सरसफाईमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले कोरोना जीवाणु कपडामा ९ घण्टा र धातुमा १२ घण्टा र २० देखी २६ डिग्री तापक्रममा अलि बढी फैलीन सक्ने भएकोले सरसफाईमा जोड दिन अनुरोध गर्नु भयो ।

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले बीरगंजको नारयणी अस्पतालमा ६ बेड, नेशनल मेडिकल कलेजमा ५० बेड र नारायणी बयोधा अस्पतालमा ४ बेड आइसोलेशनका लागि ब्यवस्था गरिएको जानकारी गराउनु भयो । उहाँले सबैजना सचेत हुने सर्तकता अपनाउनु सकेमा संक्रमणबाट तर्सिनु पर्ने अवस्था नरहेको प्रष्ट पार्नु भयो । 

न्यूज २४ टेलीभिजनले संक्रमण फैलिएपछि चिन्ता गर्ने होइन की संक्रमण फैलन नदिनका लागि चिन्तन गर्ने परिपाटीको बिकास गर्न कार्यक्रमको आयोजना गरेको केन्द्रीय ब्यूरो प्रमुख राजु श्रेष्ठले बताउनु भयो ।

नेपालको प्रमुख प्रवेशद्वार र्शकराचार्य गेटमा वीरगंज महानगरपालिकाले नेपाल भित्रने विदेशि पर्यटक र यात्रुहरुको स्वास्थ्य परिक्षण गर्न हेल्थ डेस्कको स्थापना गरेको छ । वीरगंज महानगरपालिकाले हेल्थ डेस्कमा सेवा दिने ३ जना हेल्थ असिस्टेन्ट परिचालन गरेको छ ।

मकालु होटलमा आइतबार भएको कार्यक्रममा बीरगंजका राजनीतिक दलका नेताहरु, नागरिक समाजका बिभिन्न सरोकार समुहका प्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सम्बिधान सभा सदस्य अनिल रुङटा,नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी ,राजपाका महासचिव शिव पटेल गुडी जोश्शी रम्भा मिश्र ओमप्रकाश श्रेष्ठ कमल चौगाई राम श्रेष्ठ लगायतले जिज्ञासा राख्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.