हुण्डी कारोवार भइरहेको सूचनाको आधारमा प्रहरीले वीरगञ्जको माइस्थानस्थित केपी स्वर्ण कला केन्द्रमा बुधवार साँझ छापामारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको क्राइम ब्रान्चका प्रहरी नायब निरीक्षक विनोद कुमार सिँहको नेतृत्वमा खटिएको टोलीले केन्द्रमा छापामारी गरेको हो ।
छापामारीको क्रममा लाखौ रकम प्रहरीले बरामद गरेको छ । बरामद गरेको रकम ५० लाखको हाराहारीमा रहेको बताइएको छ । प्रहरीले केन्द्रका सञ्चालक कन्हैया साह सोनारलाई पनि नियन्त्रणमा लिएको छ ।
यस भन्दा पहिला पनि प्रहरीले सोही पसलमा छापामारी गरेर स्रोत नखुलेको ४१ लाख ९२ हजार नगद र २ किलो ९ सय ग्राम चाँदीसहित ८ जनालाई पक्राउ गरेको थियो ।
तपाईको प्रतिक्रिया