logo

सशस्त्र प्रहरीद्वारा उदयपुरबाट पेस्तोल र बम सहित १४ जना विप्लव कार्यकर्ता पक्राउ 

      3/12/2020 गते 00 00 मा प्रकाशित     705   पटक पढिएको

वीरगन्ज, २९ फागुन । उदयपुरको कटारीबाट विष्फोटक पदार्थ र हतियार सहित १४ जना विप्लवका कार्यकर्ता पक्राउ परेका छन् । उदयपुरको कटारी नगरपालिका छतिवास भन्ने ठाउँमा विष्फोटक पदार्थ र पेस्तोल सहित ६ जना महिला र ८ जना पुरुष सहित १४ जना पक्राउ परेको हो ।

धनुषाको गणेशमान चारधाम नगरपालिकी करिना मोक्तान अपहरणमा परेको जानकारी पाएपछि पछ्याउदै गएको सशस्त्र प्रहरी बल प्रदेश २ मुख्यालय छिन्नमस्ता बाहिनी बर्दिवासबाट गएका सशस्त्र प्रहरी, मिर्चैया, प्रदेश १ को सशस्त्र प्रहरी, ५ नम्बर सशस्त्र प्रहरी गण र नेपाल प्रहरीको संयुक्त टोलीले उदयपुर नगरपालिकाको 

 वडा नम्बर १ खसीवासबाट सकेट बम ८ वटा, कुकर बम एउटा र तीनवटा चाईनिज पेस्तोल सहित १४ जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल प्रदेश नम्बर २ मुख्यालय छिन्नमस्ता बाहिनी बर्दिवासले जनाएको छ । पक्राउ परेका सबैलाई सशस्त्र प्रहरी ५ नम्बर गण उदयपुरमा राखेर थप अनुसन्धान भईरहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.