logo

सीमावर्ती नेपालका अस्पतालहरुमा कोरोनाको त्रास बढी

      3/20/2020 गते 00 00 मा प्रकाशित     899   पटक पढिएको

वीरगन्ज, ७ चैत । विश्वभर फैलिएको कारोना भाईरस (कोभिड–१९) को त्रास नेपालका सीमावर्ती सहरका अस्पतालहरुमा देखिाएको छ ।  

नेपालको वीरगन्ज नाकाहुदै भारतबाट आउने व्यक्तिहरुको सीमा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा थर्मल स्क्यानिङ गरेर तापक्रम मापन गरेपनि त्यस्ता व्यत्तिहरुमा कोरोना भाईरसको संक्रमण छ कि छैन भन्ने जानकारी नहुने र बिरामी भए अस्पतालमा भर्ना हुने हुँदा सीमावर्ती वीरगन्जका अस्पतालहरुमा यसको संक्रमण फैलन सक्ने संभावना बढी रहेकोले पनि जोखिम हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

सीमा नाकामा परिक्षण नगराई भारतबाट आएका व्यक्तिहरु बिरामी भए अस्पताल भर्ना हुने र उनीहरुमा कोरोनाको लक्षण जस्तै मिल्दोजुल्दो लक्षणहरु देखा पर्ने गरेकोले त्यस्ता बिरामीहरुको उपचारमा चिकित्सकहरु समेत पन्छिने गरेको अस्पताल स्रोतले जनाएको छ ।

वीरगन्ज हेल्थ केयर अस्पतालमा एकजना चिकित्सककै आफन्त बिरामी भर्ना भएकोमा भर्ना भएका बिरामीलाई उपचार गर्न चिकित्सक नै डराएपछि अन्यत्र रिफर गरेको अस्पतालमा कार्यरत एक कर्मचारीले नाम नबताउने शर्तमा जानकारी दिए । केहीदिन पहिले वीरगन्जभन्दा बाहिर बस्दै आएका एक युवकले आफै नारायणी अस्पतालमा आएर स्वास्थ्य परिक्षण गराएपछि कोरोनाको आशंका रहेको भन्दै अफवाह फैलिएको थियो ।

यसले आम सर्वसाधारणलाई भने निकै भयभीत बनाएको थियो । अहिले भारतमा अध्ययनका शिलशिलामा गएका र कामको शिलशिलामा गएका अधिकांश नेपालीहरु फर्किएका र कतिपय भारतीय नागरिकहरु पनि झुक्याएर नेपालका अस्पतालहरुमा भर्ना हुने गरेका कारणले पनि वीरगन्जका अस्पतालहरुमा कोरोनाको त्रास छाएको हो ।

सामान्य रुघाखोकी र ज्वरो आउँदा नआत्तिन चिकित्सकहरुले आग्रह गरेपनि अस्पतालमा भर्ना हुने व्यक्तिहरुले रोग लुकाउन सक्ने सम्भावना रहने हुँदा बढी जोखिम रहेको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले बताएका छन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.