logo

बीरगंजमा कोरोना संक्रमण रोक्ने तयारी ,अत्यावश्यक सेवा बाहेक सबै ब्यवसाय बन्द ,नागरिकलाई घरमै बस्न अपिल

      3/23/2020 गते 00 00 मा प्रकाशित     843   पटक पढिएको

बीरगंज १० चैत । बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले महानगरवासीलाई आफनै घरमा  बस्न अपिल गर्नु भएको छ ।

 

उहाँले कोरोनाको संक्रमणको उपचार नभएको कुराप्रति जोड दिदै आफै सर्तक बसेमात्र सक्रमण नियनत्रण गर्न सकिने भएकोले घर बाहिर नजान महानगरवासीलाई अपिल गर्नु भएको हो ।

 

उहाँले महानगरको अपिललाई गम्भिरतापूर्वक लिन आग्रह गर्दै समस्या आउनु भन्दा पहिलाको तयारीको क्रममा महानगरको अपिललाई स्वीकार गरेर सहयोग गर्न समेत उहाँले आग्रह गर्नु भएको छ ।

 

प्रदेश २ को एक मात्रै महानगरपालिका बीरगंजलाइ पनि लक्डाउनको निर्णय सम्म पुर्याइसकेको बीरगंजका महानगर प्रमुख बिजय सरावगीले बताउनु भएको छ ।


कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैइलिदै गरेको अवस्थामा नेपाल सुरक्षित घेरा भन्दा बाहिर देखिएकोले तराइका जिल्लाहरुमा  पनि उच्च सतर्कता अपनाउदै गरेको बेला बीरगंजलाइ पनि मध्य लकडउन गर्न सक्ने उच्च सम्भावना रहेको सरावगीले बताउनु भयो । 


बीरगंज महानगरपालिकाले आजै एक अपिल जारी गरि चैत १८ गते सम्म घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।महानगरपालिकाले अत्यावश्यक सेवाहरु बाहेक सम्पूर्ण पसल र प्रतिष्ठान बन्द गर्न अपिल गरेको छ । बीरगंज महानगरमा मानिसहरुको चहलपहल निकै देखिएको छ ।

 

सरकार तथा महानगरको अपिललाई नागरिकले गम्भिरता पूर्वक लिन जरुरी छ । दुध ,औषधी पसल तरकारी ,किराना एम्बुलेन्स तथा अस्पतालहरु मात्र खुला राख्न र ति पसलहरुमा पनि हुलका हुल भिड लाग्न नदिन अपिल गरेको छ । महानगरले अत्यावश्यक पर्दा बजार निस्कन र तीन जना भन्दा बढी जम्मा नहुन समेत अपिल गरेको छ ।

 

नागरिक स्वाथ्यको ख्याल राखेर महानगरले जारी गरेको यो अपिललाई सामाजिक संजाल मार्फत धेरैले सहि निर्णय भनेका छन । 

महानगरबासिलाइ घर मै बस्न पट्क पटक महानगरले अनुरोध गर्दै आए पनि बजार चहल पहल कायमै देखिन्छ । चहल पहल कम गर्न बजार बन्द गर्नु जरुरी रहेकोले पहिलो चरणमा बजार बन्द गराईने सरावगीले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.