logo

सबै बिद्यालय क्वारेन्टाइनकालागि तयार राख्न महानगरको निर्देशन,कार्यलयको सेवा बन्द

      3/23/2020 गते 00 00 मा प्रकाशित     899   पटक पढिएको

बीरगंज १० चैत ।  
कोरोना भाइरसको संक्रमणलाई रोक्नकालागि स्थानीय सरकारले पनि आफनो स्तरमा पहलकदमी लिन थालेको छ ।

बीरगंज महानगरपालिकाले अत्यावश्यक सेबा बाहेक सबै ब्यवसाय बन्द गर्न र नागरिकलाई घर बाहिर नजान अपिल गरिसकेको छ ।

महानगरले २१ गते सम्मकालागि वडा कार्यालयहरु बाट दिदै आएको सेवाहरु पनि स्थगीत गरेको छ । सरसफाई स्वास्थ्य र दमकल बाहेकका सेवा बन्द गरेको छ ।

महानगरका निमित्त प्रमुख प्शासकीय अधिकृत अरुण कुमार महतोले आज एक सूचना जारी गरि कार्यालयले प्रवाहह गर्ने सेवा बन्द गरिएको जनाउनु भएको हो ।

त्यसैगरि महानगर भित्रका माध्यामिक बिद्यालयहरुलाई कुनै पनि बेला क्वारेन्टाइनको रुपमा उपयोग गर्नु पर्ने अवस्था आउन सक्ने भएकोले सबै बिद्यालयहरुलाई तयारी अवस्थामा राख्न महानगरले निर्देश गरेको छ ।

बिद्यालयका प्रधानाध्यापकहरु र ब्यवस्थापन समितिका अध्यक्ष पदाधिकारी सदस्यहरुलाई यसमा चासो लिन आग्ह गर्दै महानगरको सम्पर्कमा बस्न निर्देश गरिएको छ । बीरगंज महानगरले स्थानीय प्रशासन समतेको सहयोगमा आफनो तर्फबाट गरिनु पर्ने पूर्व तयारीका बिषयमा तदारुकता साथ काम गरेको छ ।

महानगरले गरेको कामको परिणाम देखिनकालागि महानगरवासीको सहयोगको आवश्यकता रहेको भन्दै महानगरले सरकार र महानगरका अपिललाई पालना गर्नै महानगरवासीलाई आग्रह गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.