बीरगंज १० चैत ।
सरकारले भोली देखी लक डाउन गर्ने निर्णय गरेको छ । काठमाण्डौमा कोभिड १९ को संक्रमीत फेला परे लगत्रै सरकारले लक डाउन गर्ने निर्णय लिएको हो ।
भोली देखी घरबाट बाहिर निस्कन नपाउने भएको छ । सरकारले यो भन्दा पहिला अपिल मात्र गरेको थियो भोलीदेखी भने बाहिर निस्कन रोक नै लगाएको हो ।
पुरा देशलाई नै लक डाउनको निर्णय कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले लिएको हो ।
भोलि विहान ६ बजेबाट एक सातासम्म घरबाट बाहिर निस्कन रोक लगाएको हो । खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन ।
सरकारी आदेशको बर्खिलाप गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने सरकारले जारी गरेको निर्देशमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया