बीरगंज ११ चैत ।
बीरगंजका ३० वर्षिय युवाको उपचारको क्रममा मृत्यु भएको छ । भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचारकालागि भर्ना भएको उनको आज मंगलबार विहान ७ बजे मृत्यु भएको चितवनका सहायक प्रमुख जिल्ला अधिकार नेत्र शर्माले बताउनु भयो ।
उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।
उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भए नभएको रिपोर्ट आउन बाँकी छ ।
उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार विहान विमानबाट मात्र पठाइएको सहायक प्रजिअ पौडेलले बताउनु भयो । मृतक लामो समय देखी बिरामी रहेको उहाँले जानकारी दिनु भयो ।
तपाईको प्रतिक्रिया