logo

कतार एयरवेजबाट नेपाल आएका तीन जना पर्सामा फेला ,तीनै जना क्वारेन्टाइनमा

      3/24/2020 गते 00 00 मा प्रकाशित     1050   पटक पढिएको

बीरगंज ११ चैत । 
कतारबाट नेपाल फर्किएका ३ जना युवा पर्साबाट सम्पर्कमा आएका छन । उनीहरु कतार एयरवेजको उडान नं ६५० बाट चेत ४ चैत नेपाल आएका हुन ।  तीन जनालाई आज बीरगंजमा क्वारेन्टाइनमा राखिएको नारयाणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन कुमार उपाध्यायले बताउनु भयो ।कतारबाट आएका ३ जनालाई भेटन उनीहरुको घर पुगेका बारा जिल्लाको परवानीपुर गाउँपालिकाका एक जनालाई उनीहरुसंगको भेटका कारण क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो । यसैगरि  भारतको बैङलौरबाट फर्किएका अध्ययन पुरा गरेर। फर्किएका अर्का युवकलाई पनि क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको अवस्था सामान्य रहेको डा. उपाध्यायले बताउनु भयो । उनीहरुमा कोरोना संक्रमणको लक्षण नदेखिएको उहाँको भनाई छ । बिदेश बाट आएको हुनाले १४ दिन क्वोरन्टाइनमा राखेर हेरिने उहाँले बताउनु भयो । डा. उपाध्यायले उनीहरुमा त्यस्तो समस्या केही नदेखिएकोले गाउँका मान्छेहरु आत्तिनु पर्ने अवस्था नरहेको प्रष्ट पार्नु भयो ।

बैदेशीक रोजगारीमा कतार गएका उनीहरु ४ गते कतार एवरवेजको उडान बाट नेपाल फर्किएका थिए । पर्सा जिल्लामा बिदेशबाट आएकाहरुलाई खोजी गरेर क्वारेन्टाइनमा राख्न थालिएको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं ४ देउरवानाका उनीहरु क्वारेन्टाइनमा नबसी स्वतन्त्र हिडडुल गरिरहेका थिए ।  सरकारले विदेशबाट आएकाहरुलाई अनिवार्य १४ दिन क्‍वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ

तर पाँचै जना युवकको अवस्था सामान्य रहेको छ । फ्रान्स बाट दोहा हुँदै चैत्र ४ गते नेपाल आएको कतार एयरवेजबाट उनीहरु फर्किएका हुन् । सोही दिन फ्रासबाट दोहा हुदै कतार एयरवेजको उडानबाट फर्किएकी एक १९ वर्षीय युवतीमा कोरोना संक्रमण भएको पुष्टी हिजो मात्र भएको हो । उनीहरु पनि  कोरोना संक्रमित किशोरीसँगै नेपाल आएको हुन भन्ने हल्ला भएपछि  देउरवाना गाउँमा त्रास पैदा भएको थियो । गाउलेहरु अझै पनि  भयभीत छन् । प्रहरीले उनीहरुलाई क्वारेन्टाइन्मा लगेपछि मात्र गाउँमा राहतको महशुस गरेको स्थानीयले बताएका छन । गाउँलेहरुमा भागाभाग भएको थियो प्रहरी बोलाएर अस्पताल पठाए पछि मात्र परिस्थिति साम्य भएको वडाध्यक्ष जुमान मियाले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.