logo

कतार एयरवेजबाट नेपाल आएका तीन जना पर्सामा फेला ,तीनै जना क्वारेन्टाइनमा

      3/24/2020 गते 00 00 मा प्रकाशित     1248   पटक पढिएको

बीरगंज ११ चैत । 
कतारबाट नेपाल फर्किएका ३ जना युवा पर्साबाट सम्पर्कमा आएका छन । उनीहरु कतार एयरवेजको उडान नं ६५० बाट चेत ४ चैत नेपाल आएका हुन ।  तीन जनालाई आज बीरगंजमा क्वारेन्टाइनमा राखिएको नारयाणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन कुमार उपाध्यायले बताउनु भयो ।कतारबाट आएका ३ जनालाई भेटन उनीहरुको घर पुगेका बारा जिल्लाको परवानीपुर गाउँपालिकाका एक जनालाई उनीहरुसंगको भेटका कारण क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो । यसैगरि  भारतको बैङलौरबाट फर्किएका अध्ययन पुरा गरेर। फर्किएका अर्का युवकलाई पनि क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको अवस्था सामान्य रहेको डा. उपाध्यायले बताउनु भयो । उनीहरुमा कोरोना संक्रमणको लक्षण नदेखिएको उहाँको भनाई छ । बिदेश बाट आएको हुनाले १४ दिन क्वोरन्टाइनमा राखेर हेरिने उहाँले बताउनु भयो । डा. उपाध्यायले उनीहरुमा त्यस्तो समस्या केही नदेखिएकोले गाउँका मान्छेहरु आत्तिनु पर्ने अवस्था नरहेको प्रष्ट पार्नु भयो ।

बैदेशीक रोजगारीमा कतार गएका उनीहरु ४ गते कतार एवरवेजको उडान बाट नेपाल फर्किएका थिए । पर्सा जिल्लामा बिदेशबाट आएकाहरुलाई खोजी गरेर क्वारेन्टाइनमा राख्न थालिएको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं ४ देउरवानाका उनीहरु क्वारेन्टाइनमा नबसी स्वतन्त्र हिडडुल गरिरहेका थिए ।  सरकारले विदेशबाट आएकाहरुलाई अनिवार्य १४ दिन क्‍वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ

तर पाँचै जना युवकको अवस्था सामान्य रहेको छ । फ्रान्स बाट दोहा हुँदै चैत्र ४ गते नेपाल आएको कतार एयरवेजबाट उनीहरु फर्किएका हुन् । सोही दिन फ्रासबाट दोहा हुदै कतार एयरवेजको उडानबाट फर्किएकी एक १९ वर्षीय युवतीमा कोरोना संक्रमण भएको पुष्टी हिजो मात्र भएको हो । उनीहरु पनि  कोरोना संक्रमित किशोरीसँगै नेपाल आएको हुन भन्ने हल्ला भएपछि  देउरवाना गाउँमा त्रास पैदा भएको थियो । गाउलेहरु अझै पनि  भयभीत छन् । प्रहरीले उनीहरुलाई क्वारेन्टाइन्मा लगेपछि मात्र गाउँमा राहतको महशुस गरेको स्थानीयले बताएका छन । गाउँलेहरुमा भागाभाग भएको थियो प्रहरी बोलाएर अस्पताल पठाए पछि मात्र परिस्थिति साम्य भएको वडाध्यक्ष जुमान मियाले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.