logo

लकडाउनको उल्लंघन गर्ने एक सय पचहत्तर जना शर्तनामा गरि छाडिए

      3/25/2020 गते 00 00 मा प्रकाशित     763   पटक पढिएको

वीरगञ्ज १२ चैत । पर्सामा लकडाउनको उल्लंघन नगर्ने शर्तनामा बुधवार साँझ १ सय ७५ जनालाई छाडिएको छ । लकडाउन उल्लघन गरि गरी घरबाहिर हिँडडुल गरिरहेका १ सय ७५ जना बीरगंजको बिभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी लक डाउनको उल्लंघन गरी सञ्चालन गरिएका ३३ वटा मोटरसाइकल, ३ वटा गाडी, मिनी ट्रक र ट्याक्टर १ र१ वटा नियन्त्रणमा लिई राखिएको प्रहरीले जनाएको छ । 
मंगलबार ५ सय रुपैयाँ जरीवाना लिएपनि बुधबार १ हजार जरिवाना लिएर मात्रै छोड्न प्रशासनले निर्देशन दिएको छ ।

पहिलो दिनको तुलनामा दोस्रो दिन लक डाउन प्रभावकारी देखिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनु भयो ।

‘स्वास्थ्य, औषधी, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, बैंक, दूरसञ्चार, भन्सार, फोहरमैला व्यवस्थापन तथा जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गरेका सवारी साधनहरु चले । 


बारामा १३ जना पक्राउ

बारामा लकडाउनको अवज्ञा गर्ने १३ जना पक्राउ परेका छन् । अवज्ञा गरी चलाइएका १ सय १९ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार साँझ ५ बजेसम्म जिल्लाका विभिन्न स्थानबाट १ सय १६ ओटा मोटरसाइकल, एक एक वटा अटो, ट्याक्टर र जिपसहित नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ ।

लकडाउनको अवज्ञा गरी हिँडडुल गर्ने १३ जना र अवज्ञा गरी चलाइएका ११९ वटा सवारी साधन नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिनु भाये  ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.