logo

लोभले लाभ लाभले बिलाप भनेको यही हो,माइस्थानमा ठाउँकाठाउँ बीस हजार दण्डीत

      3/26/2020 गते 00 00 मा प्रकाशित     797   पटक पढिएको

बीरगंज १३ चैत । बढी मूल्य लिएर गल्वस बेच्ने बीरगंजको एक मेडिकल स्टोरलाई बिहिवार २० हजार रुपैया जरिवाना गरिएको छ ।

 

बजार अनुगनको लागि निस्केको टोलीले बढी मूल्यमा गलब्स बिक्री गरेको पाएपछि २० हजार रुपैया जरिवाना गरेको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बीरगंजका सूचना अधिकारी दिलिप खङ्गले बताउनु भयो ।

 


जिल्ला प्रशासन कार्यालय पर्सा र बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बीरगंजको संयुक्त टोलीले बिहीबार बिहान बीरगंज बजारको अनुगमन गरेको थियो ।

 

मिना बजारमा तरकारी बजारमा रहेका आल र प्याजका गोदामहरु बन्द गरेको अनुगमनको क्रममा पाइएको बताइएको छ । चिने जानेका ग्राहकरुहलाई भने ब्यवसायीहरुले आलु प्याज दिने गरेको ग्राहकहरुले जानकारी दिएका छन । 

 


माइस्थानमा रहेको मेडिकल पसलले ३० रुपैयामा पाइने गलब्स संचारकर्मीलाई ५० रुपैयामा बिक्री गरेका थिए । बढी पैसा लिएर कालो बजारी गरेको गुनसो अनुगन टोलीले पाएपछि मेडिकलमा अनुगमन गरेको हो ।

 

पसलेले गलब्स १७ रुपैया खरिद गरको अनुगमन टोलीले हेरोको खरिद खातामा उल्लेख थियो । उपभोक्ताको गुनासो आइरहेकोले निरन्तर अनुगमन गरिराख्ने अनुगन टोलीका प्रमुख पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.