logo

ठोरी गापाको वडा नं ५ मा मारकाट र रक्सीको बिक्री बितरणमा प्रतिवन्ध

      3/26/2020 गते 00 00 मा प्रकाशित     709   पटक पढिएको

ठोरी १३ चैत   ।
ठोरी  गाउँपालिका को वडा नं ५ मा मासुजन्य बस्तुको काटमार बिक्री बितरण तथा मदिराजन्य बस्तुको उत्पादन र बेचबिखनलाई पूर्ण प्रतिवन्ध लगाइएको छ ।

 

गाउँपलिकाको वडा नं ५ ले आज एक सूचना जारी गरेर यस्तो प्रतिवन्धको घोषणा गरेको हो । वडाले कोरोना भाइरसको संक्रमणको महामारी भएको बेलामा पूर्व तयारी स्वरुप यस्तो सूचना सार्वजनीक गरेको हो । वडाा भित्र रहेका खाजा नास्ताका होटेहरु पूर्ण रुपमा बन्द गर्ने गरि सूचना जारी भएको छ ।


 महामारीलाई जित्नु पर्ने भएकोले भिडभाडमा  र अनावश्यक रुपमा घर बाहिर नजान वडाले नागरिकमा अनुरोध गरेको छ । वडाले सही सूचनामा मात्र भर पर्न आग्ह गर्दै यस्तो अवस्थामा कृतिम अभाव सृजना गरेर महंगो दाममा बस्तुको बिक्री उपभोक्ता ठग्ने कालो बजारी गर्ने जोकोहीलाई पनि कडा कारवाही गरिने जनाएको छ ।


वडाले संक्रामक रोग संग मिल्दो जुल्दो लक्षण देखा परेको नजिकको स्वास्थ संस्थामा सम्र्पक राख्न समेत आग्रह गरेको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न भन्दै वडा स्तरीय समितिले दैनीक उपभोग्य बस्तुको आपूर्तीकालागि देनीक बिहान ११ बजेदेखी २ बजे सम्म पसलहरु खुला राख्न समेत ब्यवसायीहरुलाई निर्देशीत गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.