logo

उपभोग्य समानको नाममा रमिता हेर्नेहरु घटन थाले,सुरक्षीत खरिदबिक्रीको ब्यवस्थापन हुन थाल्यो

      3/26/2020 गते 00 00 मा प्रकाशित     1077   पटक पढिएको

बीरगंज १३ चैत ।
 कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएपछि सरकारले लकडाउनको घोषणा गरेर नागरिकलाई घर भित्र बस्न भन्यो । तर लकडाउन कतिपय नागरिककालागि रमाइलोको बिषय बन्यो ।

यही मेसोमा ग्यास पाइएन तरकारी आलु प्याज पाइएन भनेर कोकोहोलो मच्चाउनेहरु निस्किए । उता संसारमा महामारी बढदो , दिनहु मान्छेको मृत्युदर बढेको छ । उपचारकोलागि औषधी छैन अवस्था भयावह छ । तर नेपालमा सडकमा निस्केर रमिते बन्नेहरुको संख्या अझै पनि देखिन्छ ।

 

कोरोना भाइरसको संक्रमण मान्छेहरुको वीचको सम्पर्कका कारण हुन्छ भन्दै तीनै तहका सरकारले अपिल गरिरहे तर सुनवाई भएन । स्थानीय प्रशासनले अलीक कडा रुपमा प्रस्तुत हुन थाले पछि लकडाउनको मर्मलाई नागरिकले बुझ्न थालेको देखिन्छ । 

दैनीक उपभोग्य सामानको बाहनामा सडकमा निस्कनेहरुकालागि पनि कम्तीमा ३ फिटको दुरी कायम राख्ने अपिल सरकार सहित सबैले गरेका छन ।

 

सामान किन्न नदिने होइन सामान किन्ने तरकारी किन्ने स्थानहरुमा पनि सुरक्षीत हिडडुल हुनु पर्छ भन्ने उद्धेश्य हो ।तरकारी, खाद्यान्न, औषधिलगायतका बस्तु किन्न पनि पर्नेछ, भिडभाडबाट बच्नु पनि पर्नेछ ।

 


बीरगंजमा लकडाउनको तेश्रो दिनमा कतिपय ठाउमा दुरी कायम गर्ने पालो पालो सामान किन्ने परिपाटी देखा परेको छ । सचेत र सक्रिय जनप्रतिनिधि भएको स्थानमा सकारात्मक परिणाम देखिन थालेका छन ।

 

यतिको ब्यवस्था ब्यवसायीहरुले पनि गर्न सक्ने थिए । तर उनीहरुमा त्यस्तो जाँगर देखिएको छैन । बीरगंजको बिर्तामा रहेको किराना पसल अगाडि सुरक्षीत किनमेलको ब्यवस्था मिलाईको छ । 

रौतहटको गौरमा पनि नगरपालिकाले व्यवस्थित रुपमा तरकारीको हाट बजार सञ्चलानमा ल्याएको हो ।

नगरपालिका कार्यालयभन्दा पूर्व पट्टी रहेको तरकारी बजारलाई विक्रेता र क्रेताबीच तीन फिटको दुरी कायम गर्ने व्यवस्था मिलाइएको छ ।

‘दैनिक उपभोग्य तरकारीको सहज आपूर्ति र स्थानियको स्वास्थ्य दुवैलाइए ख्याल गर्दै निश्चित दुरी कायम गरिएको हो’ मेयर अजय गुप्ताले भन्नु भयो , ‘तरकारी बजारभित्र प्रवेश गर्नेलाई मास्क अनिवार्य गरिएको छ । तरकारी बिक्रेता र क्रेताबीच दुरी राखिएको छ । तयसमा सशस्त्र प्रहरी बलले सघाएको छ ।’

खरिदकर्ताबीच पनि दुरी कायम गर्न तीन फिटको अन्तर हुने गरी बर्गाकार घेरा बनाइएको छ । र, त्यही लाइनमा बसेर खरिद गर्नु पार्नेछ । यसरी तरकारी खरिद गर्दा सहज भएको गौर ३ का स्थानीय उपभोक्ता भवनाथ झाले बताए ।


त्यस्तै जनकपुर उपमहानगरपालिकाको वडा नं ७ मा त्याहाका वडाध्यक्षको अग्रसरतामा सुरक्षीत खरिद बिक्रीको ब्यवस्था मिलाइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.