logo

कोरोना संक्रमण प्रभावः बीरगंजका धेरै पत्रिकाको प्रकाशन बन्द

      3/26/2020 गते 00 00 मा प्रकाशित     1331   पटक पढिएको

बीरगंज १४ चैत ।
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणकालागि घोषणा गरिएको लकडाउनको प्रभाव संचार क्षेत्रमा देखा परेको छ । संक्रमण नियनत्रणकालागि सरकारले लकडाउन घोषित गरेकोमा समाचार सङ्कलन, सम्प्रेषण र प्रकाशनमा खटिने कर्मचारीहरू प्रभावित भएका छन । समाचार संकलन गर्ने पत्रकार सम्पादनमा लाग्ने तथा प्रेसमा प्रकाशनमा संलग्न जनशक्ति घरमै रहने भएपछि पत्रिका प्रकाशन अप्ठयारो भएको हो ।


महामारीको बेलामा भौतीक रुपमा मैदानमा उत्रिएर सूचना दिने सेवा गर्न कठिन भएपछि पत्रिकाको प्रकाश बन्द गर्नु परेको नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले बताउनु भयो । 

पर्सामा साप्ताहिक पत्रिकाहरूको सञ्जालको निर्णय अनुसार तीन महीनाको लागि साप्ताहिक पत्रिकाको प्रकाशन बन्द भइसकेको छ  । 
    नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बन्जाराले प्रतीक दैनिकबाहेक सबै पत्रिकाको प्रकाशन बन्द भइसकेको बताउनु भयो  ।

उहाँले दैनिक पत्रिकाहरू प्रकाशनमा समाचार सङ्कलन, सम्प्रेषण र मुद्रणको समस्या भएको कारण बन्द भएको बताउनु भयो  । असहज परिस्थितिमा प्रकाशन सहज नभएको कारण बन्द गरिएको बताउँदै उहाँले परिस्थिति अनुकूल भएपछि पत्रिकाहरू प्रकाशित हुने बताउनु भयो ।


    अध्यक्ष बन्जाराले वीरगंजबाट करीब दुई दर्जनभन्दा बढी दैनिक पत्रिका प्रकाशन हुने गरेका र सबै पत्रिकाको प्रकाशन बिहीवारदेखि बन्द रहेको बताउनु भयो । त्यसअघि केही पत्रिकाहरू सञ्चालनमा रहेका तर बिहीवारदेखि प्रतीकबाहेक दैनिक पत्रिकाको प्रकाशन बन्द भएको बताए ।


बीरगंजबाट अंकुश दैनीक,जनसृष्टि दैनीक, नारायणी टुडे,जनभण्डाफोर दैनीक,न्यूज २४ दैनीक,जनप्रतिविम्ब दैनीक,बाइपास दैनीक,प्रतिफल दैनीक,सर्व राष्ट्रीय दैनीक,बीरगंज समाचारपत्र दैनीक,भोजपुरी टाइम्स लगायतका दैनीक पत्रिकाहरु प्रकाशीत हुदै आएका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.