logo

लकडाउनको प्रभावः हिडेर चार दिनमा पाँच भारतीय मजदुर बीरगंजमा

      3/28/2020 गते 00 00 मा प्रकाशित     1021   पटक पढिएको


बिरगंज ,  १५ चैत्र ।
चितवनमा मजदुरी गरेर बसेका पाँच जना भारतीय मजदुर हिडेर चार दिनको दिनमा आज बीरगंज आइपुगेका छन ।

 

भारत बिहारको मोतीहारी जिल्ला बेलासपुरका ६० वर्षिय मोविद मोबिनले हिडदा हिडदै खुट्टामा भएको घाउ देखाउदै भन्नु भयो“बिकल्प केही थिएन भोकै भएपनि हिडनु पर्ने अवस्था आयो ।

 

लकडाउन पछि भरतपुरमा कामहरु बन्द भए ।काम दिने ठेकेदारले पैसा दिएन मोवाइलको स्वीच अफ गरेर भागे पछि बस्न गार्हो भएको उहाँले बताउनु भयो ।

 

सवारी साधन चलेको छैन आफूहरुको त्यस्तो सार्सफोर्स पनि छैन बस्न नसक्ने अवस्था भएपछि भोकै पानीको भरमा चौथो दिन बीरगंज आइपुगेको  मोतिहारी जिल्ला मधुवनका ४२ वर्षिय पारस साहले बताउनु भयो ।

 

लकडाउनको दोश्रो दिन चितवनबाट हिडेका पाँच भारतीय मजदुरको टोली पाँचौ दिन अर्थात शनिवार बीरगंज आइपुगेको हो ।

 

टोलीमा आमोदीका बर्ष २१ का सजहद अन्सारी बर्ष १४ का तन्जन कुमार साह  र बर्ष २० को चन्दन साह रहेका छन ।
नेपाल सरकारले चैत १० गते लकडाउननको घोषणा गर्यो । यसबाट सबैभन्दा बढी रोजगारीकालागि घर बाहिर रहेकाहरु प्रभावित हुन पुगे । नेपालमा असंगठीत क्षेत्रमा काम गर्ने मजदुर  नराम्रोसंग प्रभावित भए ।

 

नेपालमै पनि निर्माण क्षेत्रमा अदक्ष कामदारको रुपमा भारतीय मजदुरहरुको उल्लेख्य संख्या पाइन्छ । चितवन जिल्ला निर्माणको हिसावले पनि मजदुर खपत हुने जिल्ला हो । भरतपुरलाई थलो बनाएर अदक्ष कामदारको रुपमा  भारतीय मजदुरले पनि काम गर्छन । लकडाउनले निर्माणको काम बन्द भएपछि मजदुरहरु समस्यामा परेका हुन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.