logo

लकडाउनको प्रभावः हिडेर चार दिनमा पाँच भारतीय मजदुर बीरगंजमा

      3/28/2020 गते 00 00 मा प्रकाशित     1182   पटक पढिएको


बिरगंज ,  १५ चैत्र ।
चितवनमा मजदुरी गरेर बसेका पाँच जना भारतीय मजदुर हिडेर चार दिनको दिनमा आज बीरगंज आइपुगेका छन ।

 

भारत बिहारको मोतीहारी जिल्ला बेलासपुरका ६० वर्षिय मोविद मोबिनले हिडदा हिडदै खुट्टामा भएको घाउ देखाउदै भन्नु भयो“बिकल्प केही थिएन भोकै भएपनि हिडनु पर्ने अवस्था आयो ।

 

लकडाउन पछि भरतपुरमा कामहरु बन्द भए ।काम दिने ठेकेदारले पैसा दिएन मोवाइलको स्वीच अफ गरेर भागे पछि बस्न गार्हो भएको उहाँले बताउनु भयो ।

 

सवारी साधन चलेको छैन आफूहरुको त्यस्तो सार्सफोर्स पनि छैन बस्न नसक्ने अवस्था भएपछि भोकै पानीको भरमा चौथो दिन बीरगंज आइपुगेको  मोतिहारी जिल्ला मधुवनका ४२ वर्षिय पारस साहले बताउनु भयो ।

 

लकडाउनको दोश्रो दिन चितवनबाट हिडेका पाँच भारतीय मजदुरको टोली पाँचौ दिन अर्थात शनिवार बीरगंज आइपुगेको हो ।

 

टोलीमा आमोदीका बर्ष २१ का सजहद अन्सारी बर्ष १४ का तन्जन कुमार साह  र बर्ष २० को चन्दन साह रहेका छन ।
नेपाल सरकारले चैत १० गते लकडाउननको घोषणा गर्यो । यसबाट सबैभन्दा बढी रोजगारीकालागि घर बाहिर रहेकाहरु प्रभावित हुन पुगे । नेपालमा असंगठीत क्षेत्रमा काम गर्ने मजदुर  नराम्रोसंग प्रभावित भए ।

 

नेपालमै पनि निर्माण क्षेत्रमा अदक्ष कामदारको रुपमा भारतीय मजदुरहरुको उल्लेख्य संख्या पाइन्छ । चितवन जिल्ला निर्माणको हिसावले पनि मजदुर खपत हुने जिल्ला हो । भरतपुरलाई थलो बनाएर अदक्ष कामदारको रुपमा  भारतीय मजदुरले पनि काम गर्छन । लकडाउनले निर्माणको काम बन्द भएपछि मजदुरहरु समस्यामा परेका हुन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.