logo

रोजगारी बन्दका कारण समस्यामा परेका श्रमजीवीहरुलाई बसपार्कमा भोजनको ब्यवस्था

      3/29/2020 गते 00 00 मा प्रकाशित     1221   पटक पढिएको

बीरगंज १६ चैत । लकडाउनका कारण रोजगारी बन्द भएर दुई छाकको जोहो गर्न नसक्ने श्रमजीवी नागरिकलाई बीरगंजमा बिभिन्न संघ संस्थाले भोजन तथा खाजाको ब्यवस्था गरेका छन । 

 


बीरगंज युवा समाजले शुरु गरेको यो अभियानमा पछिल्लो पटक बीरगंज महानगरले नै जिम्मेवारी लिएको छ । बीरगंज महानगर प्रमुख बिजय सरावगी आफै नागरिकको घर दैलोमा पुगेर खाद्य सामाग्री हस्तानतरण गर्नु भएको थियो ।

 

महानगरकै सहजीकरणमा  वीरगंज बसपार्कमा अलपत्र परेका चालक, सहचालकसमेत केही यात्रुलाई तीन दिन देखी दुबै छाक भोजनको ब्यवस्था गरिएको छ ।   बसपार्क सञ्चालक कम्पनी एनके इन्टरनेशनलले दिवा तथा रात्रि भोजनको व्यवस्थापन शुरू गरेको छ।

 


    शुक्रवारदेखि बसपार्कमा अलपत्र परेका चालक, सहचालक र यात्रीहरू गरी प्रति छाक करिव १ सय बढी लाई दिवा र रात्रि भोजनको व्यवस्था गरिएको एनके इन्टरनेशनलका प्रबन्ध निर्देशक केशव नेपालले बताउनु भयो।


    लकडाउनपछि वीरगंज बसपार्कमा थन्किएका चालक, सहचालकहरूसँग मालिकको सम्पर्क विच्छेद भएको, बारम्बार सम्पर्क गर्दा मालिकहरूको मोबाइल स्वीच अफ रहेको र वीरगंज बसपार्कमा बस्नुपर्दा उनीहरूसँग खर्च नभएको र होटलहरू पनि बन्द भएको बेलामा महानगरले भोजन ब्यवस्थापनको जिम्मा दिएकोले आफूहरुले त्यो ब्यवस्था मिलाएको नेपालले बताउनु भयो ।


भोजनको ब्यवस्थापन गर्दा सुरक्षाको प्रवन्ध मिलाईको टर्मिनल संचालक संस्थाका निर्देशक केशव गुप्ताले जानकारी दिनु भयो । सामाजिक दुरी कायम गरिएको छ उहाँले भन्नु भयो ब्यक्ति ब्यक्ति वीचको सम्पर्क निरुत्साहित गरिएको छ ।
    
    यसैगरी, नारायणी अस्पतालमा वडाध्यक्ष जगत साह कानूले कुरुवाहरूलाई बिहान–बेलुकीको भोजन व्यवस्थापन गर्नु भएको छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.