logo

आधा सिलिण्डरका नाममा उपभोक्ताको ढाड सेक्ने सरकारी निर्णयको मंचले गर्यो भत्र्सना

      3/29/2020 गते 00 00 मा प्रकाशित     1239   पटक पढिएको

बीरगंज १५ चैत ।

उपभोक्ता हित संरक्षण मंच प्रदेश समिति २ ले आज एक बिज्ञप्ति जारी गरि आधा सिलिण्डर ग्यास आपूर्ती सरकारी निर्णयले उपभोक्ताको ढाड सेक्ने काम गरेको जनाएको छ । 

एक त ग्यास सिलिण्डर सफा गरिदैन, २ किलो जती त त्यसमा लेदो नै हुन्छ यस्तोमा उपभोक्ताले लगानी गरेको पैसाको प्रतिफल निकै कम पाउछन प्रदेश अध्यक्ष के.सी. लामिछाने र सचिव गुन्जा रायले जारी गर्नु भएको बिज्ञप्तिमा  संकटको यो घडीमा ग्यासको कृत्रिम अभाव सृजना गरेर उपभोक्ताको ढाड सेक्ने सम्बेदनहिन र मानवता बिरोधी काममा सरकार समेत साझेदार हुनुले आम उपभोक्तालाई चिन्तित बनाएको उल्लेख छ ।

 बिज्ञप्तिमा केही ब्यापारीको निहित स्वार्थ पुरा गर्ने काममा सरकार समेत साझेदार भएको प्रति घोर भत्र्सना गदर्छौ भनिएको छ । मंचले साथै कोरोनका भाइरस संक्रमणको नियन्त्रणकालागि सरकारले गरेको लकडाउनको पालना गर्न सबैसंग आग्रह गरेको छ । 

साथै बिश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार स्वास्थ्यकर्मीहरुकालागि सरक्षा सामाग्री तत्काल उपलब्ध गराउन ,एम्बुलेन्सले बिरामी नबोक्ने ,स्वास्थ्यकर्मीहरुले बिरामीको उपचार नगर्ने,अस्पतालमा राम्रो ब्यवहार नगरिने कुराहरुलाई तत्काल सच्याउन ,क्वारेन्टाइनमा राखिएका सबैलाई खानपिन लगायतका अन्य आधारभूत आवश्यकताको आपूर्ती गर्न , संकटबाट पार पाउन स्थानीय ,प्रदेश र संघीय सरकारले समन्वयात्मक रुपमा काम गर्न र स्थानीय , प्रदेश सरकार अझै सक्रिय र जिम्मेवार हुन ,बिदेशबाट आएका नेपालीहरुको  खोजी गरि क्वारेन्टाइनमा राख्न बिशेषत प्रदेश र स्थानीय सरकारले पहलकदमी लिन ,दैनीक रोजगारी गरेर जीवीकोपार्जन गर्ने तहका नागरिककालागि खाद्य सामाग्रीको आपूर्ती गर्न, स्थानीय बजारमा नागरिकको भिड रोक्न र उपभोग्य बस्तुको आपूर्तीका निम्ति वडा जनप्रतिनिधिलाई जिम्मेवारी दिएर वडामा रहेका पसलहरुको तथ्याकं लिइ जनसंख्याको अनुपात मिलाई निश्चित समय तोकेर एक ब्यक्ति देखी अर्को ब्यक्तिको दुरी तोकी सुरक्षात्मक रुपमा आपूर्तीको ब्यवस्था मिलाउनु बिज्ञप्ति मार्फत माँग गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.