logo

आधा सिलिण्डरका नाममा उपभोक्ताको ढाड सेक्ने सरकारी निर्णयको मंचले गर्यो भत्र्सना

      3/29/2020 गते 00 00 मा प्रकाशित     1095   पटक पढिएको

बीरगंज १५ चैत ।

उपभोक्ता हित संरक्षण मंच प्रदेश समिति २ ले आज एक बिज्ञप्ति जारी गरि आधा सिलिण्डर ग्यास आपूर्ती सरकारी निर्णयले उपभोक्ताको ढाड सेक्ने काम गरेको जनाएको छ । 

एक त ग्यास सिलिण्डर सफा गरिदैन, २ किलो जती त त्यसमा लेदो नै हुन्छ यस्तोमा उपभोक्ताले लगानी गरेको पैसाको प्रतिफल निकै कम पाउछन प्रदेश अध्यक्ष के.सी. लामिछाने र सचिव गुन्जा रायले जारी गर्नु भएको बिज्ञप्तिमा  संकटको यो घडीमा ग्यासको कृत्रिम अभाव सृजना गरेर उपभोक्ताको ढाड सेक्ने सम्बेदनहिन र मानवता बिरोधी काममा सरकार समेत साझेदार हुनुले आम उपभोक्तालाई चिन्तित बनाएको उल्लेख छ ।

 बिज्ञप्तिमा केही ब्यापारीको निहित स्वार्थ पुरा गर्ने काममा सरकार समेत साझेदार भएको प्रति घोर भत्र्सना गदर्छौ भनिएको छ । मंचले साथै कोरोनका भाइरस संक्रमणको नियन्त्रणकालागि सरकारले गरेको लकडाउनको पालना गर्न सबैसंग आग्रह गरेको छ । 

साथै बिश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार स्वास्थ्यकर्मीहरुकालागि सरक्षा सामाग्री तत्काल उपलब्ध गराउन ,एम्बुलेन्सले बिरामी नबोक्ने ,स्वास्थ्यकर्मीहरुले बिरामीको उपचार नगर्ने,अस्पतालमा राम्रो ब्यवहार नगरिने कुराहरुलाई तत्काल सच्याउन ,क्वारेन्टाइनमा राखिएका सबैलाई खानपिन लगायतका अन्य आधारभूत आवश्यकताको आपूर्ती गर्न , संकटबाट पार पाउन स्थानीय ,प्रदेश र संघीय सरकारले समन्वयात्मक रुपमा काम गर्न र स्थानीय , प्रदेश सरकार अझै सक्रिय र जिम्मेवार हुन ,बिदेशबाट आएका नेपालीहरुको  खोजी गरि क्वारेन्टाइनमा राख्न बिशेषत प्रदेश र स्थानीय सरकारले पहलकदमी लिन ,दैनीक रोजगारी गरेर जीवीकोपार्जन गर्ने तहका नागरिककालागि खाद्य सामाग्रीको आपूर्ती गर्न, स्थानीय बजारमा नागरिकको भिड रोक्न र उपभोग्य बस्तुको आपूर्तीका निम्ति वडा जनप्रतिनिधिलाई जिम्मेवारी दिएर वडामा रहेका पसलहरुको तथ्याकं लिइ जनसंख्याको अनुपात मिलाई निश्चित समय तोकेर एक ब्यक्ति देखी अर्को ब्यक्तिको दुरी तोकी सुरक्षात्मक रुपमा आपूर्तीको ब्यवस्था मिलाउनु बिज्ञप्ति मार्फत माँग गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.