logo

पछिल्लो २४ घण्टामा नेपालमा कोही संक्रमीत फेला परेनन,सबै मृत्युलाई कोरोनासंग नजोडन मंत्रालयको आग्रह

      3/30/2020 गते 00 00 मा प्रकाशित     791   पटक पढिएको

बीरगंज ३ चैत ।  कोरोना भाइरस संक्रमित चार जना बिरामीले भेटेका व्यक्तिहरुमा कोरोना पोजेटिभ नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। चार बिरामीका आफन्त, उनीहरुले भेटेका केही साथीसर्कलको  नमूना परीक्षण गरिएको थियो। 

हालसम्म जम्मा ९ सय ९३ जनाको परीक्षण भइसकेको छ। आइतबारदेखि सोमबार चार बजेअघि रिपोर्ट आएका ७६ जना श‌ंकास्पद बिरामीमा पनि कोरोना देखिएको छैन।

कोरोनाको आशंकामा काठमाडौंमा ७ जना आइसोलेसनमा छन्। तीन वटा अस्पताल र चारजना टेकुमा रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका छन्। बीरगंजको नारायणी अस्पतालमा ३ जना छन । उनीहरु कतार एयरवेजको उडान बाट चैत ४ गते नेपाल आएका थिए । उनीहरुको स्वासथ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायले बताउनु भयो । १४ दिन पुगे पछि उनीहरुलाई डिस्चार्ज गरिने उहाँले जानकारी दिनु भयो ।

यसैवीच अस्पतालमा हुने सबै मृत्युलाई कोरोनासँग नजोड्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा. खेम कार्कीले उक्त आग्रह गर्नु भएको हो। स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको मिडिया ब्रिफिङमा बोल्दै कार्कीले अस्पतालमा हुने सबै मृत्युलाई कोरोनाकै आशंका गर्दा समाजमा भय पैदा भएको भन्दै यस्तो नगरिदन आग्रह गर्नु भयो । 

उहााले  कोरोना लाग्दैमा मरिहालिन्छ भन्दै गाउँघरमा विदेशबाट आएकाहरुलाई अवहेलना गर्ने गरेको कल सेन्टरमा थुप्रै  सूचना आएको बताउनु  भयो । 

कार्कीले एक अध्ययनका अनुसार कोरोना लागेका व्यक्तिको थुकको छिटाबाट सजिलै भाइरस सर्ने हुँदा एक मिटरको दुरी कायम गरेर सचेत भएर बस्ने तर उनीहरुलाई बहिष्कार गर्न नहुने बताउनु भयो  । उहााले भन्नु भयो , ‘रोग विरुद्ध लडौं व्यक्ति विरुद्ध हैन्।’  कोरोना विरुद्ध लड्न लकडाउन उत्कृष्ट उपाय भएकाले यसलाई सबैले पालना गर्न पनि उहाँले अपिल गर्नु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.