logo

जीतपुर सीमरामा पहेलो टोपी लगाएर नगर प्रमुख जब निस्के सडकमा

      3/31/2020 गते 00 00 मा प्रकाशित     1034   पटक पढिएको


वीरगन्ज १८ चैत । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण न्यूनीकरण गर्न जीतपुरसिमरा उपमहानगरले नगर क्षेत्रमा किटनाशक औषधी ( सोडियम हाइपोक्लोराइट) छर्कन शुरुआत गरेको छ ।

उपमहानगरले बढी भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन शुरु गरेको र यो अभियान निरन्तर सञ्चालन हुने जनाएको छ ।
जीतपुरसिमरा २ , स्थित कोरोनाको अस्थाई उपचार केन्द्रबाट शुरु गरिएको औषधी छर्कने अयिभान आज जीतपुरसिमरा उपमहानगरपालीकाका नगर प्रमुख डा. कृष्ण पौडेलले शुभारम्भ गर्नु भयो । उहाँले पहेँलो (सुरक्षा) टोपी लगाएर सडकमा औषधी छर्किने कार्यको शुभारम्भ गर्नु भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणलाई महानगर क्षेत्रभित्र फैलन नदिन किटनाशक औषधी छर्न शुरु गरिएको र महानगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, लगायत ठाउँहरुमा किटनासक औषधी छरिने प्रमुख पौडेलले बताउनु भयो  ।

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन उपमहानगरबासीसँग उहाँले आग्रह समेत गनुृ भयो ।
जारी लकडाउनको पूर्ण पालना गर्न र कुनै पनि बहानामा अवज्ञा नगर्न प्रमुख पौडेलले नगरवासीसँग विशेष आग्रह गर्नु भयो ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख गोबिन्द पुरीले आज सिमरा सहित अमलेखगन्ज, डुमरवान, जीतपुर लगाएतका सडक क्षेत्रमा औषधी छरिने जानकारी दिनु भयो  ।

उपमहानगरले कोरोनाको सम्भावित सङ्क्रमण रोकथामका लागि सिमरा स्थित १ सय बेड क्षमताको क्वारेन्टाइन अस्पताल समेत निर्माण गरेको छ ।
त्यसैगरि वैदेशिक रोजगारीबाट हालै फर्किएकाहरु नगरका सबै वडामा तथ्याङ्क सङ्कलन शुरु गरिएको समेत उपमहानगरले जनाएको छ । उपमहानगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कोष (५० लाख) स्थापना समेत गरिसकेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.