logo

कोरोनाको संक्रमण नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्न सुरक्षा निकायलार्ई मुख्यमन्त्री राउतको निर्देशन

      3/31/2020 गते 00 00 मा प्रकाशित     1013   पटक पढिएको

जनकपुरधाम १८ चैत । मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण नियन्त्रणको लागि जस्तो सुकै कदम चाल्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिनु भएको छ ।


कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेशमा भए गरेका काम बारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिन बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले अहिलेको अवस्थामा कुनै इन्तु किन्तु नभनी जनताको जन धनको सुरक्षामा सम्पूर्ण शक्ति लगाउन निर्देशन दिनु भएको छ ।


कोरोना भाइरसका कारण विश्वनै त्रसित भएको बेलामा समान्य रुघा खोकी समेतको उपचारमा चिकित्सक तथा अस्पतालहरुले हेलचेक्र्याई गरि रहेको गुनासो आएको भन्दै मुख्यमन्त्री राउतले त्यस्ता अस्पताल र चिकित्सकहरुलाई सूचि तयार गरि प्रदेश सरकारमा पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनु भएको छ ।


उहाँले भन्नु भयो ,‘ राज्यको सुविधा प्रयोग गरे पनि संकटको बेलामा बदमासी गर्ने जो कोहीलाई पनि कारबाही गर्छौ, तपाईहरु सिफारिस गर्नु लाइन्सेन्स खारेजी सम्मको कारबाही हुन्छ ।


महामारी नियन्त्रणको लागि आवश्यकता अनुसारको व्यवस्था जिल्ला स्तरमै गर्न सुझव दिनु हुँदै मुख्यमन्त्री राउतले रकमको आभाव हुन नदिने प्रतिबद्धता समेत जनाउनु भयो ।


बैठकमा सुरक्षा निकायका प्रमुखहरुले राख्नु भएको जिज्ञासामा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव र उद्योग, पर्यटन तथा वन मन्त्री राम नरेश रायले सम्बन्धित विषयहरुमा आ–आफनो धारणा राख्नु भएको थियो भने मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले अहिले विषेश परिस्थितमा गर्नु पर्ने काम र कानूनी अवस्थावारे आफनो धारणा राख्नु भएको थियो ।


बैठकमा चार वटै सुरक्षा निकायका प्रदेश प्रमुखहरु, आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रहरी उपरीक्षकहरु सहितको उपस्थिति रहेको थियो ।


प्रमुख जिल्ला अधिकारीहरुले महामारी नियन्त्रणको लागी जिल्लामा गरेका प्रयासहरु, र अगामी दिनमा गर्नु पर्ने योजना हरु बारे जानकारी गराएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.