logo

कोरोना भाइरसका कारण पछिल्लो चैबीस घण्टामा चार हजार बढीको ज्यान गयो,संक्रम बढदो

      4/1/2020 गते 00 00 मा प्रकाशित     1088   पटक पढिएको

काठमाण्डौ २० चैत ।
विश्वभर कोरोना भाइरस संक्रमणको महामारीबाट बितेको २४ घण्टामा ४ हजार ८ सय ८३ जनाले  ज्यान गुमाएका छन्। एकै दिनमा ७६ हजार ८ सय ३४ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या ९ लाख ३५ हजार ४ सय ३१ पुगेको छ। यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७ हजार १ सय ९४ पुगेको छ।

विश्वका २ सय ३ देशमा फैलिएको महामारीबाट संक्रमित १ लाख ९३ हजार ९ सय ९९ जना उपचारपछि निको भइ घर फर्केका छन् भने ६ लाख ९४ हजार २ सय ३८ कोरोनाका संक्रमित उपचारत छन्।

भाइरसबाट संक्रमितमध्ये ३५ हजार ४ सय ७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने ६ लाख ५८ हजार ७ सय ६० जनाको अवस्था सामान्य रहेको छ।

विश्वमा सबैभन्दा बढी कोरोना भाइरसका संक्रमितको संख्या अमेरिकामा रहेको छ भने ज्यान गुमाउनेहरू इटालीमा रहेका छन्। कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो।

अमेरिकामा कोरोना संक्रमितको संख्या बुधबारसम्म २ लाख १५ हजार २० पुगेको छ भने ५ हजार १ सय २ जनाले ज्यान गुमाइसकेका छन्। इटालीमा हालसम्म कोरानाका कारण १३ हजार १ सय ५५ जनाको ज्यान गइसकेको छ भने संक्रमितको संख्या १ लाख १० हजार ५ सय ७४ पुगेको छ।

स्पेनमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघेको छ। बुधबारसम्म स्पेनमा संक्रमितको संख्या १ लाख ४ हजार १ सय १८ पुगेको छ भने ९ हजार ३ सय ८७ जनाको मृत्यु भइसकेको छ। चीनमा हालसम्म संक्रमितको संख्या ८१ हजार ५ सय ५४ छ भने ३ हजार ३ सय १२ जनाको मृत्यु भएको छ।

जर्मनीमा ७७ हजार ९ सय ८१ कोरोना भाइरसका संक्रमित रहेकोमा ९ सय ३१ जनाको मृत्यु भइसकेको छ। फ्रान्समा बुधबारसम्म ५६ हजार ९ सय ८९ जनाम कोरोनाको संक्रमण देखिएको छ। यीमध्ये ४ हजार ३२ जनाको मृत्यु भइसकेको छ। इरानमा ४७ हजार ५ सय ९३ जना संक्रमित रहेकोमा ३ हजार ३६ जनाको मृत्यु भएको छ।

बेलायतमा कोरोनाको संक्रमणबाट मर्नेको संख्या २ हजार ३ सय ५२ छ जहाँ हालसम्म संक्रमितको संख्या २९ हजार ४ सय ७४ पुगेको छ। स्वीट्जरल्याण्डमा १७ हजार ७ सय ६८ जना संक्रमित रहेका छन्, जसमध्ये ४ सय ८८ जनाको मृत्यु भइसकेको छ।

टर्कीमा कोरोना संक्रमितको संख्या १५ हजार ६ सय ७९ जना छन्। यीमध्ये २ सय ७७ जनाको मृत्यु भएको छ। बेल्जियममा कोरोनाबाट बुधबारसम्म ८ सय २८ जनाले ज्यान गुमाइसकेका छन्। बेल्जियममा हालसम्म कोरोना संक्रमितको संख्या १३ हजार ९ सय ६४ पुगेको छ।

नेदरल्याण्ड्मा कोरोनाको संक्रमित १३ हजार ६ सय १४ रहेकोमा १ हजार १ सय ७३ जनाको मृत्यु भइसकेको छ। अष्ट्रियामा संक्रमितको संख्या १० हजार ७ सय ११ पुगेका छ, जहाँ १ सय ४६ जनाको मृत्यु भइसकेको छ। भारतका १ हजार ६ सय बढी  संक्रमीत छन भने ३८ जनाको ज्यान गएको छ ।
नेपालमा हाल सम्म ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ जना उपचारपछि घर फर्किसकेक छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.