logo

२० बेडको आइसोलेशन तयार,प्रयोगशाला नदिए अनशनमा उत्रिने सांसद यादवको चेतावनी

      4/4/2020 गते 00 00 मा प्रकाशित     977   पटक पढिएको

बीरगंज २२ चैत ।

नारायणी अस्पतालमा बितेको ४८ घण्टामा बनेको २० बेडको आइसोलेशन वार्डआज दाताले अस्पताललाई हस्तान्तरण गर्नुृ भएको छ ।  यो भन्दा अगाडि नाारयणी अस्पतालमा ५ बेडको आइसोलेशन  वार्ड संचालनमा थियो ।

 

बीरगंजमा निजी अस्पतालहरुले ज्वरोको बिरामीलाई  चेकजाँच गर्न छोडेपछि नारयाणी अस्पतालमा बिरामीको चाप बढेको थियो । बिरामीको चाप बढेपछि नारायणी 

अस्पतालले दवाव महशुस गरेको थियो । यही वीचमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन उपाध्याय संघीय सासदका सदस्य प्रदीप यादवको पहलकदमीमा २० वेडको आइसोलेशन वार्ड निर्माण भएको हो । 

 


वार्ड हस्तान्तरण गर्दै सासद यादवले सहयोग गर्ने दाता जग्गदम्बा ग्रुपमा सञ्चालक राजेश अग्रवाल र रुगंटावेल फेयरका सुरेश रुङगटा संजय खेतानलाई धन्यवाद ज्ञापन गर्नु भयो । करिब १० लाखको लागतमा आइसोलेशन वार्ड स्थापना गरिएको हो ।


आइसोलेशन वार्ड बनेपछि सासद यादवले बीरगंजमै कोरोना भाइरसको संक्रमणको परिक्षणकोलागि प्रयोगशाला निर्माण गर्न माँग गर्नु भएको छ ।

 

प्रदेश र संघ सरकारले अस्पताललाई भेदभाव गरेको भन्दै सासद यादवले प्रयोगशाला निर्माण नगरे नागरिकको स्वास्थ्य सुरक्षाकालागि अनशन बस्ने सम्मको घोषणा गर्नु भयो ।

 ५० बेडको आइसोलेशन वार्ड भएको घोषणा गरेको नेशनल मेडिकल कलेजले बिरामीको भर्ना समेत लिन नमानेपछि नारायणी उपक्षेत्रीय अस्पतालमै बेड थप्न लागिएको हो ।
 

आइसोलेशन बेड करिब ४८ घण्टामा तयार भएको हो । भूकम्प टोर्नाडो जस्तो बिपत्तीमा भूइमै राखेर पनि उपचार हुन सक्थ्यो डा. उपाध्यायले भन्नु भयो “ कोरोना भाइरसको संक्रमीतकोलागि सम्बेदनशील उपचारकक्ष चाहिने भएकोले  आइसोलेशन बेड थप्नुको बिकल्प रहेन” । नयाँ बनेको आइसोलेशन वार्डमा अव आइतवार सोमवार सम्ममा बिरामीलाई सार्ने  डा. उपाध्यायले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छः उपाध्यक्ष घिमिरे

काठमाण्डौ ।  राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नागरिकता ऐन २०६३ को संशोधन विद्येयकलाई आवश्यक सुधार गरेर पारित गर्न सकिने धारणा ब्यक्त गरेकी छिन ।

९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,उपाध्यक्ष र प्रशासकीय अधिकृत मण्डलद्वयसहित अन्य पनि निलम्बनमा

जनकपुरधाम ।  धनुषाको धनौजी गाउँपालिकाकी वर्तमान उपाध्यक्ष, तत्कालिन अध्यक्ष, अधिकृत, लेखासहित ९ जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.