logo

कोरोना कहर, जंगलमा तस्करहरु सक्रिय, काठको चोरी निकासी बढ्यो संरक्षण गर्न स्थानीयको माँग

      4/5/2020 गते 00 00 मा प्रकाशित     1017   पटक पढिएको

बीरगंज २४ चैत ।
कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले अप्रिय र कठोर लाग्ने तर आवश्यक लकडाउनको निर्णय लिएकोबेला  काठ तस्करलाई भने स्वाद भएको छ । 

 


पर्सा जिल्लाको उत्तरी क्षेत्रमा रहेको चारकोशे झाडी भित्र रहेका सालका रुखहरु अहिले काठ तस्करको दोहनमा परेका छन । काठको चोरी निकासी बढेको छ ।

 

राष्ट्रिय बन क्षेत्रमा पर्ने  पर्सागढी नगरपालिकाको  बागवाना देखी जिरा भवानी गाउँपालिकाको शंकर सरैया वीचको जगंलमा काठ तस्करको बाक्लो उपस्थिति देखिन थालेको स्थानीयको भनाई छ ।

 

सोनवर्षा,चाफी,रंगपुुर लक्ष्मीपुर,सिद्धपुर,अकुनिया,क्षतीमटाडी सखुनिया कोइलाभार लगायतका ठाउबाट साइकलमा सालको काठको टेना र गोलिया बनाएर काठका तस्करहरुले काठ निकासी गरिहेको स्थानीय बासिन्दाको भनाई छ ।

 

सोनवर्षा,गादी,मधुवन मथौल मनवा क्षेत्रबाट दैनीक रातको समयमा साइकलमा सालका गोलियका काठको निकासी भइरहेको स्थानीयले बताएका छन ।

 

काठ तस्करले आरा सहितका औजार सहित मजदुरहरुलाई जंगलमा लगेर राम्रो र सग्लो रुख ढालेर टेना र गोलीया बनाएर निकासी गर्ने गरेको उनीहरुको भनाई छ ।

 

बनको दोहनले भोली झनै ठुलो समस्या आउने भन्दै स्थानीयले बन संरक्षणकालागि अपिल  समेत गरेका छन । बनको रक्षामा खटिएकाहरु भक्षक भएको भन्दै उनीहरुप्रति स्थानीय जनतामा आक्रोश पैदा भएको छ ।

 


 जिराभावानीको बसन्तपुर, पटेर्वा सुगौलीको वडा नं १ भथौडा, वडा नं २ को रंगपुर सखुवा प्रसौनीको वडा नं १ मधुवन मथवल र पर्सागढी नगरपालिकाको वडा नं १ मनवामा गरि तीनवटा इलाका बन कार्यालय छन । बन रक्षाकालागि अधिकृतको कमाण्डमा खटिएको जनशक्ति नै काठको चोरी निकासीमा मौन बसेको आरोप स्थानीय बासिन्दाको छ ।

 

काठको निकासी हुने क्षेत्रमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको मातहतमा मनवा, एकटांगा,रंगपुर ,महुवनमा प्रहरी चौकी छन । प्रहरीको पोष्टहुदै निर्वाध रुपमा काठको चोरी निकासी भएको देख्दा स्थानीयहरु चिन्तित छन ।

 

कोरोना भाइरसको संक्रमणको डरले समाजलाई गाँजेको बेला तस्करहरु हावी हुनुले कानूनी ब्यवस्थालाई कमजोर बनाएको छ । सालको काठमा बजारमा महगो मूल्यमा बिक्री हुने गरेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.