logo

राजपा सह महासचिव सेमानीको ठहर, प्रदेश सकारले पनि बिभेदरहित काम गर्न सकेन

      4/5/2020 गते 00 00 मा प्रकाशित     1347   पटक पढिएको

बीरगंज २४ चैत ।

राष्ट्रिय जनता पार्टीका सह महासचिव नेजामुदिन समानीले सोमवार एक बिज्ञप्ति जारी गर्दै मधेश आन्दोलनको बलमा स्थापीत भएको सरकारले समेत बिभेदरहित ब्यवहार गर्न नसकेको प्रति चिन्ता ब्यक्त गर्नु भएको छ । 


उहाँले प्रदेश सरकारका यस्तो रबैयाले  मधेशी जनताले बलिदानीपूर्ण संघर्षबाट स्थापित गरेको संघीयता नै बदनाम भएको भन्दै प्रदेश सरकारलाई समान ब्यवहार गर्न आग्रह गर्नु भएको छ ।


बीर अस्पताल संगैको बीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालले पहिला देखिनै समान ब्यवहार पाएको थिएन । बीर अस्पताल शिक्षण अस्पताल भयो तर नारायणी अस्पताल जहाको तेही रहेको छ । भौतीक पूर्वाधार राम्रो छैन । अन्य सुविधा पनि छैन ।

 

समान्य सरसफाईको समेत अभाव झेलीरहेको नारायणी अस्पताल र त्यसमा कार्यरत चिकित्सक नर्स पारमेडिक्स कर्मचारी तथा अन्य सबैलाई आफनो दायित्व निर्वाहमा देखाउनु भएको सजगता क्रियाशिलता र इमान्दारिताकालागि धन्यवाद दिन चहान्छु । सेमानीले जारी गर्नु भएको बिज्ञप्तिमा निकै भावुक रुपमा लेख्नु भएको छ । 

 


उहाँले आन्दोलनको पृष्ठभूमी पनि समरण गर्नु भएको छ । मधेश आन्दोलन बिभेदको बिरुद्ध भएको थियो बिज्ञिप्तमा उहाँले लेख्नु भएको छ “सासद मंत्री र मुख्यमंत्री बनाउने र बिभेदलाई कयमै राख्नकोलागि आन्दोलन भएको थिएन ” । 


कोरोना भाइरसको संक्रमणले समस्या पारेको बेलामा प्रदेश सरकारले नारायणी अस्पताललाई गरेको ब्यवहारले दुःखीत सेमानीले प्रदेश सरकारले चिकित्सकको सुरक्षा उपकरण दिदा समेत बिभेद गरिएको उल्लेख गर्नु भएको छ । 


संघीय सरकारले जनकपुरको प्रादेशीक अस्पताललाई देखाएर नारायणी अस्पताल उपर बिभेद गर्यो , प्रदेश सरकारले बिभेद गरेको नारायणी अस्पताल देखाएर पोखरियामा रहेको जिल्ला अस्पतालमाथि बिभेद गर्यो ।

 


उहाँले बीरगंजको नारायणी अस्पतालमा भेन्टिलेटटर,सीटी स्क्यान,कोरोना भाइरसको परिक्षणको मेशीन नहुनु दूर्भाग्यपूर्ण भएको उल्लेख गर्नु भएको छ । उहाँले सबे जिल्लामा ५० शैय्याका सुविधा सम्पन्न अस्पतालहरु बनाउन समेत माँग गर्नु भएको छ ।


यस अघि प्रदेश सरकारका तर्फबाट भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले  गत बिहिवार वीरगन्जको नारायणी अस्पताललाई ५० थान पिपिइ कीट, २ सय थान ग्लब्स र माक्स र पोखरिया जनस्वास्थ्य कार्यालय लाई २० थान पिपिइ कीट, २ सय थान ग्लब्स र माक्स उपलब्ध गराउनु भएको थियो । त्यसै गरी बाराको कलैया अस्पतालको लागि ३० थान पिपिई किट, ४ सय थान ग्लब्स  १ सय थान माक्स र जनस्वास्थय कार्यालय बारालाई पिपिई कीट २० थान, ग्लब्स एक सय थान र माक्स ५ सय पिस उपलब्ध गराउनु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.