logo

मेरो देश मेरो जगदम्बा, मुलक संकट परेका बेला लुटनु मेरो धन्दा ,अति भए पछि परियो प्रहरीको फन्दा

      4/7/2020 गते 00 00 मा प्रकाशित     4668   पटक पढिएको

बीरगंज २५ चैत ।

कोरोना भाइरसको संक्रमणले बिश्व संकटमा परेको छ । नेपाल जस्तो गरिब देशले यो संकटलाई झेल्नकालागि निरन्तर लकडाउनको साहरा लिनु परेको छ । तर देशले इज्जत र प्रतिष्ठा दिएको ब्यक्ति देशलाई दुखेको बेला कालोबजारी गर्न ब्यस्त छ । अति गर्नु अत्याचार नगर्नु भन्ने भनाई कहिले काही चरितार्थ पनि हुन्छ । आज उपत्यकामा त्यस्तै भयो । मेरो देश मेरो जगदम्बा भन्ने ग्रुपको देश बनाउने नारा भूत्तो सावित भयो । 
राज्यले दिएको इज्जतको दुरुपायोग गरेर कालोबजारी गर्ने जगदम्बा ग्रुपका संचालक ज्वरो नाप्ने मेशीन सहित काठमाण्डौको नक्सालबाट प्रहरीकोहात लागे । 

किर्गिस्तानका लागि नेपालका अनररी काउन्सलर  समेत रहेका अग्रवाल कुटनीतिक नम्बरको गाडीमा थर्मो गनको कालोबजारी,गर्दा गर्दै पक्राउ परेका हुन । कुटनीतिक नियोगहरुलाई समेत लज्जीत बनाउने गरि कालोबजारीमा संलग्न अग्रवाल लाई महानगरीय अपराध महाशाखाको विशेष टोलीले मंगलबार ६७ थान थर्मो गन सहित पक्राउ गरेको हो । उनले प्रतिगोटा १५ हजारका दरले १० लाख रूपैयाँमा बेच्न कुटनीतिक गाडीमा लिएर हिडेका थिए । 

 

प्रहरीले कुटनीतिक नम्बर प्लेटको २०९–एचसीसी–१ नम्बरको गाडीमा ज्वरो नाप्ने यन्त्रको कालोबजारी गरिररहेको अवस्थामा अग्रवाललाइ पक्राउ गरेको हो । उनका साथबाट ६७ थान थर्मो गन समेत बरामद भएको छ । उनको कुटनीतिक नम्बर प्लेटको गाडी समेत प्रहरीले बरामद गरेको छ।

प्रहरी उच्च स्रोतका अनुसार जगदम्बा सिमेन्ट, जगदम्बा छड र धागो उद्योगका मालिक समेत रहेका अग्रवाललाइ नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

अग्रवाललाई पक्राउ गरेर महाशाखाले कार्यालयमा ल्याएर सोधपुछ गरिरहेको छ । प्रहरी स्रोतका अनुसार उनले कोभिड(१९ को प्रभाव सुरू भएपछि २० हजार थान थर्मो गन मगाएर लुकाएको सूचनाका आधारमा सोधपुछ भईरहेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.