logo

मेरो देश मेरो जगदम्बा, मुलक संकट परेका बेला लुटनु मेरो धन्दा ,अति भए पछि परियो प्रहरीको फन्दा

      4/7/2020 गते 00 00 मा प्रकाशित     4500   पटक पढिएको

बीरगंज २५ चैत ।

कोरोना भाइरसको संक्रमणले बिश्व संकटमा परेको छ । नेपाल जस्तो गरिब देशले यो संकटलाई झेल्नकालागि निरन्तर लकडाउनको साहरा लिनु परेको छ । तर देशले इज्जत र प्रतिष्ठा दिएको ब्यक्ति देशलाई दुखेको बेला कालोबजारी गर्न ब्यस्त छ । अति गर्नु अत्याचार नगर्नु भन्ने भनाई कहिले काही चरितार्थ पनि हुन्छ । आज उपत्यकामा त्यस्तै भयो । मेरो देश मेरो जगदम्बा भन्ने ग्रुपको देश बनाउने नारा भूत्तो सावित भयो । 
राज्यले दिएको इज्जतको दुरुपायोग गरेर कालोबजारी गर्ने जगदम्बा ग्रुपका संचालक ज्वरो नाप्ने मेशीन सहित काठमाण्डौको नक्सालबाट प्रहरीकोहात लागे । 

किर्गिस्तानका लागि नेपालका अनररी काउन्सलर  समेत रहेका अग्रवाल कुटनीतिक नम्बरको गाडीमा थर्मो गनको कालोबजारी,गर्दा गर्दै पक्राउ परेका हुन । कुटनीतिक नियोगहरुलाई समेत लज्जीत बनाउने गरि कालोबजारीमा संलग्न अग्रवाल लाई महानगरीय अपराध महाशाखाको विशेष टोलीले मंगलबार ६७ थान थर्मो गन सहित पक्राउ गरेको हो । उनले प्रतिगोटा १५ हजारका दरले १० लाख रूपैयाँमा बेच्न कुटनीतिक गाडीमा लिएर हिडेका थिए । 

 

प्रहरीले कुटनीतिक नम्बर प्लेटको २०९–एचसीसी–१ नम्बरको गाडीमा ज्वरो नाप्ने यन्त्रको कालोबजारी गरिररहेको अवस्थामा अग्रवाललाइ पक्राउ गरेको हो । उनका साथबाट ६७ थान थर्मो गन समेत बरामद भएको छ । उनको कुटनीतिक नम्बर प्लेटको गाडी समेत प्रहरीले बरामद गरेको छ।

प्रहरी उच्च स्रोतका अनुसार जगदम्बा सिमेन्ट, जगदम्बा छड र धागो उद्योगका मालिक समेत रहेका अग्रवाललाइ नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

अग्रवाललाई पक्राउ गरेर महाशाखाले कार्यालयमा ल्याएर सोधपुछ गरिरहेको छ । प्रहरी स्रोतका अनुसार उनले कोभिड(१९ को प्रभाव सुरू भएपछि २० हजार थान थर्मो गन मगाएर लुकाएको सूचनाका आधारमा सोधपुछ भईरहेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.