logo

रक्सौल जाने सासद यादव र अन्यलाई क्वारेन्टिनमा बस्न प्रशासनले दियो निर्देश

      4/9/2020 गते 00 00 मा प्रकाशित     2314   पटक पढिएको

बीरगंज २७ चैत ।
पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले पर्सा क्षेत्र नं १ का सासद प्रदीय यादवलाई सेल्फ क्वारेन्टिनमा बस्न आग्रह गर्नु भएको छ ।

 

 सासद यादव बुधवार  सीमावर्ती भारतको रक्सौलमा रहेको क्वारेन्टिनमा रहेका नेपालीहरुलाई भेट्न जानु भएको थियो ।

 

यादव त्याहा गएको बिषयले जोखिम बढाएको भन्दै आलोचना भएपछि उहाँलाई क्वारेन्टिनमा बस्न भनिएको प्रमुख जिल्ला अधिकारीले बताउनु भयो ।

सासद यादवसंगै रक्सौल जानुभएका अन्यलाई पनि सेल्फ क्वारेन्टिनमा बस्न भनेको उहाँले जानकारी दिनु भयो ।   उहाँहरु होम क्वारेन्टिनमा हुनुहुन्छ । मैले उहाँहरुलाई त्यही आग्रह गरेको छु र उहाँहरुले पनि त्यो प्रतिवद्धता जनाउनु भएको छ । 


कोरोना भाइरसको संक्रमणको दोश्रो चरणमा नेपाल प्रवेश गरेको र सीमा क्षेत्र निकै जोखिममा रहेको  छ । यही बेलामा पर्सा क्षेत्र नं १का सासद प्रदीप यादव सीमापारि रक्सौलमा रहेको हजारी मल उच्च माध्यमिक विद्यालयमा  रहेको क्वारेन्टिनमा जानु भएको बिषय बिवादमा परेपछि उहाँलाई पर्साका प्रमुख जिल्ला अधिकारीले होम क्वारेन्टिनमा रहन आग्रह गर्नु भएको हो । भाइरसको संक्रमण फैलिदो अवस्थामा छ । 


सीमावार पार क्वारेन्टिनमा दुबै तर्फकानागरिक रहेका छन । संक्रमण नफैलियोस भनेर दुबै देशका सरकार प्रमुख तहमा भएको समझदारी पछि यस्तो गरिएको हो ।

 

यसको उद्धेश्य संक्रमणलाई रोक्नु हो । यस्तोमा सासद यादवको रक्सौल भ्रमण हाम्रालागि जोखिमपूर्ण भयो त्यो जोखिमलाई कम गर्न क्वारेन्टिनमा बस्दा ठिक हुने नेकपा पर्साका अध्यक्ष प्रभू हजराको भनाई छ  ।

 

सासद यादवको रक्सौल भ्रमणको बिषयमा गृहमंत्रालयले पनि चासो राखेको छ । गृहमंत्रालयले समेत सासद सहितको टोलीलाई क्वारेन्टिनमा राख्न पर्साका प्रमुख जिल्ला अधिकारीलाई निर्देश दिएको स्रोतको दावी छ । 

सासद यादवले भने आफूले बिश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तय गरेको प्रोटोकलको बर्खिलाप नगरेको बताउनु भएको छ ।

 

उहाँले भारतीय प्रशासक इजाजत लिएर पर्साका प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिएर आफू रक्सौल गएको बताउन भयो । उहाँले पर्साका प्रमुख जिल्ला अधिकारीले आफूलाई होम क्वारेन्टिनमा बस्नु भनेको बताउनु भयो । उहाँले आफू रक्सौल जानुको पछाडि खराव नियत नरहेको बताउनु भयो । यत्रो संकटको बिषयमा आम नागरिकलाई अपिल गर्दै हिडेको छु उहाँले भन्नु भयो“अनि मैले लापरवाही गर्छु होला र ? ।

सांसद प्रदीप यादवको रक्सौल भमण संघीय संसदको सचिवलायलाई जानकारी छैन त्यसो भएकोले पनि उहाँको भ्रमण विवादीत भएको हो । सासद यादवले आफूले संसद सचिवालयमा सम्पर्क गरेको तर फोन स्वीच आफ आएको बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.