logo

सरकारहुनुको कर्तब्य पुरा गर्दै सखुवा प्रसौनी गाउँपालिका, विरामीकालागि निुशल्क एम्बुलेन्स

 इसीमाना सम्वाददाता     २०७९ भदौ १२ गते ०९: १३ मा प्रकाशित     1107   पटक पढिएको

सखुवाप्रसौनी गाउँपालिकाले आफनो पालिकाका बिरामीहरुलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाको हालै सम्पन्न नवौं गाउँसभाबाट निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने बिषयमा निर्णय भएको थियो ।


पर्सा जिल्लाको कुनै पनि अस्पतालमा विरामी लैजानु परेमा पालिकाको वडा नं १ मधुवन मथवल स्वास्थ्य चौकी र महुवन स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्सले निशुल्क सेवा दिने गरि प्रवन्ध गरिएको पालिकाका अध्यक्ष यशवन्त यादवले जानकारी दिए ।


उनले जनतासंग गरिएको प्रतिवद्धतालाई आफनो कार्यकालमा पुरा गर्ने गरि काम गरेको बताए । प्रतिवद्धता विर्सनकोलागि होइन कार्यान्वयनकोलागि गरिएकोले पालिकाको स्रोत साधनको सहि सदुपयोग गरेर प्रतिवद्धता पुरा गर्ने उनको भनाई छ ।

 

पालिकामा बसोबास गरेका पालिका बाहिरका बासिन्दकालागि भने यो सुविधा उपलब्ध छैन । पर्सा जिल्ला भन्दा बाहिर जानु पर्दा पालिका भित्रका विरामीले इन्धनको शुल्क भने ब्यहार्ने गरि ब्यवस्था गरिएको पालिकाका प्रशासकीय अधिकृत देवनाथा साहले बताए ।


पालिकाले यो सेवा भदो १ गते देखी संचालनमा ल्याएको साहले बताए । नागरिकको स्वास्थ्य अधिकार आधारभूत मौलीक अधिकारको रुपमा सम्बिधानले ब्यवस्थित गरेको छ ।

 

मौलीक अधिकार वहाली गराउन सखुवा प्रसौनी गाउँपालिकाले प्रभावकारी काम गरेको भन्दै निशुल्क एमबुलेन्स सेवाको चौतर्फी प्रसंशा गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.