logo

अपराध नियन्त्रणमा पर्सा प्रहरी सक्रिय, नागरिकको शान्ति सुरक्षा आफनो पहिलो प्राथमिकताः प्रहरी उपरिक्षक शाह

 इसीमाना सम्बाददाता      २०७९ पौष २९ गते ०५: ३३ मा प्रकाशित     711   पटक पढिएको

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख कोमल शाहले नागरिकको शान्ति सुरक्षा आफनो पहिलो प्राथमिकता रहेको बताएका छन । नागरिकको जीउ धनको रक्षा पहिलो कर्तब्य हो प्रहरी उपरिषक शाहले भने तर समाजमा अपराधका अन्य छिद्रहरुपनि टाल्ने र अपराधीलाई काूननको दायरामा ल्याउने कुरामा प्रहरी क्रियाशिल हुने बताए ।

 


शुक्रवार पत्रकारहरुसंग कुरा गर्दै उपरिक्षक शाहले राजस्व चुहावट नियन्त्रण पनि प्रहरीको दायित्व भित्र पर्ने बिषय भएकोले प्रहरीले सीमापार अवैध कारोवार नियन्त्रणमा भूमिका खेलेको बताए । उनले सीमामा कडाई गरिएको र त्यसको अनुभूती नागरिकले गरेको कुरामा बिश्वास ब्यक्त गरे ।

 

उनले ०७९ पुष महिनामा दर्ता भएका मुद्धाका आधारमा पर्सामा अपराधको अवस्था र त्यसको प्रभावको बिश्लेषण गरे । उनले संस्थागत गुणगर्दी त छैन तर ज्यानको जोखिम हुने खालको अपराध हुन सक्ने तर्फ सबैलाई सचेत हुन आग्रह गर्दै प्रहरीलाई सूचना दिन सघाउन आम नागरिकलाई अपिल गरे ।

पर्सामा पष महिनामा बैकिङ कसुर सम्बन्धी धेरै मुद्धा दर्ता भएका छन । अहिले बैकिङ कसुरका घटना बढेका पनि छन ।
पुष महिनामा सबैभन्दा बढि बैकिंङ कसुर सम्बन्धि मद्दाका ५१ वटा उजुरी जिल्लामा दर्ता भएको छ । त्यस्तै अभद्र व्यवहारका ४४ वटा, लागु औषधका २२ वटा र चोरीका २१ वटा मुद्दा पर्सा प्रहरीको कार्यालयमा पुगेको छ ।

 

पर्साका प्रहरी उपरिक्षक कोमल शाहका अनुसार। पुस महिनामा जिल्ला प्रहरी कार्यालयमा जवरजस्ती करणीका ६ वटा मुद्दा दर्ता भएका छन् भने कर्तव्य ज्यान, ठगी तथा आपराधिक विश्वासघात र मानव बेचविखन तथा ओसारपसारका ३÷३ वटा मुद्दा दर्ता भएका छन् । ज्यान मार्ने उद्योग र भवितव्य ज्यानका २÷२ मुद्दाका उजुरी परेका एसपी शाहले बताए ।

 

यसैगरी ज्यान सम्बन्धि, झुण्डिएर मृत्यु भएको र सवारीमा परि ज्यान गएको १÷१ वटा उजुरी परेका छन् । अपरहण तथा शरिर बन्धक, बैङ्क तथा वित्तिय संस्था सम्वन्धि, बाल यौनदुरुपयोग, हातहतियार खरखजना, कालो बजारीका क्रमशः १÷१ वटा मुद्दा जिल्लामा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार लिखत र निर्वाचन सम्बन्धि कसुरमा १÷१ वटा उजुरी परेको उल्लेख छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.