logo

बीरगञ्ज महानगर ,एउटा कोठा ब्यव्स्थापनकालागि बोर्ड बैठक, त्यो पनि निष्कर्षमा पुगेन, बैठकको प्रत्यक्ष प्रशारण गर्न माँग

 इसीमाना सम्वाददाता     २०८० मंसिर २८ गते ०६: ०२ मा प्रकाशित     641   पटक पढिएको

बीरगंज । एउटा कोठा ब्यवस्थापनको ऐजेण्डामा छलफलमा जुटेको बीरगंज महानगरको बोर्ड बैठक निष्कर्ष निकाल्न असफल भएको छ । सेवा प्रवाहको बिषयमा छलफलको ऐजेण्डा बन्नु पर्नेमा कुन कोठामा कुन शाखा राख्ने भन्ने बिषय बोर्डको एजेण्डा बन्नुले महानगर जगहसाईको बिषय बनेको छ ।

 

मधेश प्रदेशको एकमात्र महानगर बीरगञ्ज महानगरपालिकाले सार्वजनिक सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा कुन कोठामा कुन शाखा राख्ने भन्ने विषयको विवादमा अल्झेर आफ्नो सम्पूर्ण शक्ति सोही विषयमा केन्द्रीत गरेको छ ।


संवैधानिक र कानुनी व्यवस्था अनुसार कार्यालय व्यवस्थापनको जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको छ । तर, महानगरको खाली रहेको एउटा कोठामा कुन शाखा राख्ने भन्ने विवादले मेयर र उपमेयरका समर्थकबीच कुटाकुट भएपछि सो सम्बन्धी निर्णय गर्न कार्यपालिका बैठक नै बोलाइएको छ ।

 

त्यो पनि निकास निकाल्न अस्फल । अव आउने सोमवार सम्ममा निकास के हुन सक्छ भन्ने कुरा अध्ययन गरेर प्रतिवेदन सुशासन समितिलाई जिम्मा लगाइएको छ । समितिले दिएको प्रतिवेदन बोर्डमा छलफल भएर निर्णयमा पुग्ने एक वडाध्यक्षले जानकारी दिए ।

 

बैठकमा सहमती कायम हुन नसकेपछि सुशासन समितिलाई प्रतिवेदन दिने गरि आजको बैठक सकिएको वडबध्यक्ष रामकिशोर सिंहले बताए । उनले महानगरको बैठक कसरी संचालन भएको छ ? जनताका कस्ता बिषय कसरी बैठकमा प्रवेश पाउछन र आफ्ना जनप्रतिनिधिले कसरी छलफल गर्छन भन्ने कुरा नागरिकले जानकारी पाउन आवशयक रहेको बन्दै बैठकको प्रत्यक्ष प्रशारण गरिनु पर्ने माँग राखेका थिए ।

 

यसअघि प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएको कोठा खाली भएपछि सो कोठामा सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा सार्ने मेयर र प्रमुख प्रशासकीय अधिकृतले योजना बनाएका थिए ।

 

तर, उपमेयर भने सो कोठालाई पनि आफ्नो सचिवालयका रुपमा प्रयोग गर्ने अडानमा देखिए उपमेयरले पञ्जिकरण शाखा सार्ने बारेमा आफूलाई जानकारी नभएको दावी समेत गर्दै आएका छन। सोही कारण विवाद हुँदा मंगलबार दुईपक्षबीच कुटाकुट नै भएको थियो ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८४ मा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको काम कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था छ । सो दफाका अनुसार महानगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतले सदस्य सचिव भएर काम गर्ने भन्ने व्यवस्था छ ।

 

कार्यालय प्रमुखले ब्यवस्थापन गर्न सक्ने बिषय सतहमा बिवादको रुपमा देखिए पनि अन्तरनिहित स्वार्थ भने अरुनै रहेको एक वडाध्यक्षले बताए । महानगरको सबै शक्ति परिचालन गरेर कार्यालय ब्यवस्थापन सम्बन्धी पहिलो पटक बोर्ड बैठक भएको उनले बताए ।

सो महानगरमा गत निर्वाचनमा अहिलेको सत्ता गठबन्धन एक भएर चुनाव लडेको थियो । महानगरको मेयरको उम्मेदवार जनता समाजवादीले पाएको थियो भने उपमेयर पद नेपाली काँग्रेसले पाएको थियो । सोही अनुसार मेयरमा जसपा उम्मेदवार सिंह विजयी भएका थिए भने उपमेयरमा काँग्रेस उम्मेदवार आलम विजयी भएका थिए ।

अहिले संघीय सरकारमा पनि नेपाली काँग्रेस र जसपा सत्ता गठबन्धनमा सहभागी छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.