logo

नगद नारायणका कारण सरस्वतीको मन्दीरमा पर्यो कुदृष्टि, डा.यादवले मोर्चा नछाडने

      २०८० पौष २ गते १७: २३ मा प्रकाशित     957   पटक पढिएको

बीरगंज । हरि खेतान बहुमुखी क्याम्पसका प्रमुख डा. भगवान यादवले क्याम्पस प्रमुखको जिम्मेवारीबाट आफू मुक्त नभएको बताएका छन । क्याम्पसमै आइतवार पत्रकार सम्मेलनको आयोजना गरेर उनले आफूलाई अवकाश दिइएको कुरा अवैधानिक र अपमानपूर्ण रहेको भन्दै त्यसलाई आफूले नमान्ने स्पष्ट पारे ।


हरिखेतान बहुमुखी क्याम्पस बीरगंजको सामुदायिक क्याम्पस हो । क्याम्पसलाई हरेक वर्ष त्रिभूवन बिश्व बिद्यालयको अनुदान आयोगले अनुदान दिदै आएको छ । बीरगंज क्षेत्रमा सस्तो क्याम्पसको रुपमा हरिखेतानको पहिचान स्थापित छ । धेरै जसो छात्रा अध्ययन गर्ने हरिखेतान बहुमुखी क्याम्पसमा गरिब तथा मध्यम वर्गिय परिवारका बिद्यार्थी अध्ययन गर्छन ।

 

गुठी संस्थानको जग्गा र केही खेतान परिवारको समेत लगानीमा स्थापित भएको क्याम्पस खेतान परिवारकै सदस्यको नामलाई चीर स्थायी राख्ने गरि त्यतीबेला हरिखेतान नामाकरण गरिएको हो ।

 

लामो समय देखी डा. भगवान यादवले प्रशासकको रुपमा हरिखेतानको श्री बृद्धि र प्राज्ञीक उननयनकालागि योगदान गर्दै आएका छन । लामो समय क्याम्पसको बिकास र शैक्षीक क्षेत्रको गुणमत्मक बिकास र शिक्षामा आम मान्छेको पहुच स्थापित गर्न अहोरात्र क्रियाशिल डा. यादवलाई अवकाश दिइएको कुरा अपमानपूर्ण रहेको तथ्यले नै पुष्टि गरेको छ ।


लामो समय सेवा गरेका जुन सुकै तहका कर्मचारीको बिदाई सम्मानपूर्ण हुने गरेको आजको समयमा क्याम्पस प्रमुख जस्तो ब्यक्तिलाई एक पन्ने बिज्ञप्तिकै आधारमा हठात सेवावाट अवकाश दिइएको कुरा सभ्य समाजकालागि पाच्य हुन नसक्ने बिज्ञहरुको टिप्पणी छ ।
डा. भागवान यादवलाई अवकाश दिने क्याम्पस समिति नै अवैध रहेको छ ।

 

०७५ सालमा चयन भएको समितिको म्याद तीन वर्षको रहेकोमा त्यस पछि ०७९ मा भएको क्याम्पस सभाले जोखन दास थारुको अध्यक्षतामा नयाँ सभा गठन गरेको छ ।


प्रेम प्रकाश खेतानले अनधिकृत रुपमा क्याम्पस सभाको अध्यक्ष भएको दावी गर्दै गरेका निर्णयहरु अवैध रहेको डा. यादवले बताए । क्याम्पसको नाममा रहेको बचत तथा त्यसको आर्थिक कारोवार खेतान परिवारद्वारा प्रर्वद्धित लक्ष्मी बैंकमा सार्न खेतानहरुले दिएको दवाव नमानेकै कारण उनीहरु यादवलाई पदमुक्त गर्ने तह सम्म पुगेको बताइएको छ ।

 

क्याम्सको राष्ट्रिय बाणिज्य बैंक, सिद्धार्थ बैंक लगायतका बैंकमा खाता रहेको छ । अन्य सबै बैंकको खाता रोकी लक्ष्मी बैंकमा मात्र खाता संचालन गर्न कथित क्याम्पस सभाको अध्यक्षको हैसियतमा पिपि खेतानले क्याम्पस प्रमुख डा. खेतानलाई पत्र लेखेका छन । डा. यादवले त्यसो गर्न नमाने पछि खेतानपरिवार यादवा हटाउ अभियानमा लागेको हो ।

 

हरिखेतान बहुमुखी क्याम्पस माने डा. भगवान यादव भन्ने मानक बीरगंजमा स्थापित छ । हरिखेतान क्याम्पसले पर्साका सबै राजनीतिक दलको सहभायेग पाउदै आएको इतिहास छ ।

 

सहयोग लिने बतावरण डा. यादवले नै बनाएका हुन । डा. यादवकै कारण क्याम्पसलाई त्रिभूवन बिश्व बिद्यालयले अनुदान दिदै आएको छ । शिक्षा प्रदान गर्ने सरस्वतीको मन्दीरमा नगद नारायणका कारण लक्ष्मीपुत्रहरुको परेको कुदृष्टिले हरिखेतानको दिशालाई दिशाहिन बनाउछ की भन्ने चिन्ता बीरगंजको शैक्षीक क्षेत्रमा देखिएको छ ।

 

पत्रकार सम्मेलनमा संघर्षको दिनको स्मरण गर्दै डा. यादवले भने बीरगंजको समाजले भन्यो भने क्याम्पसमा नबसौला तर यत्रो दुःख गरेको ठाउबाट अपमानपूर्ण रुपमा गहलत्याउने काम टुलु टुलु हेरेर बस्ने अवस्था रहेन ।

 

यसो भन्दा डा. यादवका गला बवरुद्ध भएका थियो । आँखा रसाएका थिए । क्याम्पसमा उनले गरेको लगानी र त्यसप्रतिको लगाव साच्चिकै मन छुने खालको थियो । उमेर हदका कारण अनिवार्य अवकाशको चर्चा चलेपछि डा. यादवले भने उमेर हद पछि पनि बिश्वबिद्यालयले करारमा धेरै प्राज्ञहरुको सेवा लिइरहेको फेहरिस्त प्रस्तुत गरे ।

 

डा. यादवले खेतान परिवारसंग द्वण्द्व नहोस र क्याम्पस सहि रुपमा संचालन होस भन्ने सदिइच्छा राखेर काम गर्दा कतिपय कमजोरी भएपनि खेतान परिवारको अनावश्यक हस्तक्षेपले सीमा नाघेको बताए ।

 

उनले क्याम्पस प्रशासकको जिम्मेवारीबाट आफू मुक्त नभएको काममा क्रियाशिल रहेको बताए । उनले पर्साको नागरिक समाजलाई हरिखेतानको अहिलेको अवस्थाप्रति नजर राख्न समेत अपिल गरेका छन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.