logo

अव पुराना सोच र मान्यता बोकेर नयाँ युगमा प्रबेश गर्न सकिदैनः सचिव श्रेष्ठ

 इसीमाना सम्वाददाता     २०८१ असार ८ गते ०८: ३३ मा प्रकाशित     681   पटक पढिएको

बीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो स्थापना दिवसका अवसरमा वीरगञ्जमा भब्य कार्यक्रम आयोजना सम्पन्न भएको छ । पार्टीले स्थापना दिवसको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेर शुभकामना आदानप्रदान गर्दै दोस्रो स्थापना दिवस मनाएको हो ।

 

कार्यक्रममा पर्सा जिल्लाका राजनीतिक दलका नेताहरु, संबिधान सभाका सदस्यहरु, प्रदेश सभा सदस्यहरु र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सचिव शंकर श्रेष्ठले सुशासनको मूल मन्त्रलाई रास्वपाले आत्मसाथ गरेको बताए ।उनले पुराना राजनीतिक दलहरुप्रति नागरिकमा निराशा बढ्दै गएको हुँदा रास्वपा अगाडि आएको तर्क गरे ।

 

उनले अव पुराना सोच र मान्यता बोकेर नयाँ युगमा प्रबेश गर्न नसक्ने भएकोले समयानूकुल बिचार बोक्न आवश्यक रहेको धारणा समेत राखेका थिए ।

 

उनले आफ्नो पार्टीले जनताको चाहाना, बिचार र समस्याको उठान गरेको हुनाले नै सबै उमेर समुह र तह र तप्काका नागरिकको आकर्षण बढेको बताए ।

पार्टीका जिल्ला संयोजक हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा नेपाल पत्रकार महासंका सचिब दिपेन्द्र चौहानले अव पनि जनताको बिचारलाई बोकेर काम गरिएन भने कसैको पनि भलो नहुने धारणा राखे ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति जनर्दन सिँह क्षेत्री,्रदेश सभाका सदस्य श्याम पटेल, पार्टीका केन्द्रीय सदस्य डाक्टर नन्दन यादव, संविधान सभा सदस्य अजय द्विवेदी, नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा, पूर्व मेयर विजय कुमार सरावगी, जसपाका अध्यक्ष राम नरेश यादव वीरगञ्ज महानगरपालिकाका उपप्रमुख तथा नेपाली कांग्रेस पर्साका सचिव इम्तियाज आलम, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल,नेपाली कांग्रेस पर्साका उपसभापति राम नारायण कुर्मी, नेकपा एमाले सचिब महेश दास, जसपाका सचिब तवरेज आलम नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा। सुबोध गुप्ता, उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष मनोज दास, पूर्व अध्यक्ष गोपाल केडिया, अनुज रूंगटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै पर्साका संयोजक पन्तले पर्सा जिल्लामा संगठन विस्तारको क्रमलाई तिव्रता दिने बताए । आफ्नो कार्यकालमा पर्सामा रास्वपालाई बलियो बनाउन कुनै कसर बाँकी नराख्ने पन्तले प्रतिबद्धता व्यक्त गरे ।रास्वपा मधेश प्रदेशका सदस्य दिलिप कुर्मीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सूर्यनारायण वि.क.ले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.