logo

स्काइलाइन मलले भोग गरेको कि.न.१०५ को नालीबेली यस्तो छ ,तथ्यले भन्छन जालझेल र किर्ते भए जस्तो छ

 इसीमाना सम्बाददाता      २०८१ सावन ११ गते १३: २६ मा प्रकाशित     834   पटक पढिएको

बीरगंज । बीरगन्ज महानगरपालिका वडा नम्बर १३ आदर्शनगरमा निर्माण भएको स्काइलाइन मल जालसाझीको जमिनमा निर्माण गरिएको तथ्य एक पछि अर्को गरि बाहिरिदैछन ।

बीरगंजका प्रतिष्ठित ब्यवसायीहरुको साझेदारीमा निर्माण कम्पनी स्काइलाईन इन्फ्रा प्रा.ली.को नाममा निर्माण भएको मल, जालसाझी किर्ते र गैरकानूनी कर्मको जगमा खडा भएको देखिन्छ । मल बनाइएको जग्गाको इतिहास र त्यसको निरन्तरतामा क्रमभंग गरेर मल निर्माण भएको छ ।

मुख्य जालझेल भएको किता न.१०५ के हो ?

जग्गा जाँच नाप ऐन २०१९ को आधारमा २०२३ जेठ २७ गते सर्वे नापी हुदा पर्सा जिल्लाको श्रीपुर गाविस (बि) वडा नं ९ को कि.न. १३ को ज.वि. करिब १० कठ्ठा डेढ कनवा पुरेन्द्रकिशोर शाहको नाममा दर्ता कायम भएको देखिन्छ ।


उक्त जग्गा कित्ताफोड हुदा कि.न. १३ खारेज भई कि.नं .२५ र २६ कायम भएको अभिलेखमा छ । कि.न.२५ खारेज भर्ई कि.न. २६ फेरी कित्ताकाँट हुदा कित्ता नं १०५ १०६ र १०७ कायम भएको हो ।

१०५ कि.न. को जग्गा पुनेन्द्र बिक्रम शाहबाट नरेन्द्र बहादुर शाह र रामबिन्दु कुर्मी हुदै मालपोत कार्यालय पर्साको रसिद नं १७६२ बाट ०५९ साल असोज २३ गते निखत परविनको नाममा रजिष्ट्रेशन पास भएको देखिन्छ ।

मालोपत कार्यालय पर्साबाट यो कि.नं कसैको नाममा रजिष्ट्रेशन वा दा.खा भएको छैन । यसको तथ्य यही हो । यो तथ्यको आधारमा के भन्न सकिन्छ भने यो कि.न.को जग्गा आर्दश नगर निर्माण समितिको नाममा अधिग्रहण भएको छैन । जुन कुराको पुष्टि बीरगंज उपमहानगरपालिकाले ०७२ /४/८ को पत्रबाटै गरेको छ ।

कि.नं १०५ अधिग्रहणमा नपरेको महानगरले बोलेको छ

मालपोत कार्यालय पर्साले, बीरगंज उपमहगरपालिकालाई ०७२ साल असार १० गते चलानी नम्बर १७४७९ नम्बरको पत्र मार्फत कि.न.१०५ को जग्गा आदर्श नगर निर्माण समिति भित्र परे नपरेको बारेमा लिखित रुपमा साधेकोे थियो ।

मालपोतले लेखेको पत्रमा अगाडि लेखिएको छ , बीरगंज महानगरपालिकाको चलानी नम्बर ११३ मिति ०७२ साउन ८ गतेको पत्रअनुसार कि.नं. १०५ को जग्गा आदर्शनगर निर्माण समितिमा नपरेको तथा अधिग्रहण समेत नभएको उत्तर प्राप्त भएको थियो ।


तर नापी कार्यालय बीरगंजले कि.न.१०५ को जग्गा प्लटीङ्ग भित्रको भनी उल्लेख गरेकोले कि.न.१०५ प्लटीङ्ग भित्र परे नपरेको, अधिग्रहण भए नभएको पछि सम्म फरक नपर्ने गरि खुलाई पठाई दिनु भनेर पत्र लेखेको छ ।

मालपोत कार्यालय पर्साले यही ब्यहोराको पत्र साविक बीरगंज उपमहानगरपालिकालाई ०७२ असार १० गते पनि लेखेको थियो । उपमहानगरले त्यो भन्दा पहिला ०७२ साल असार ७ गते र ०७२ साउन ८ गतेमा मालपोत कार्यालयलाई जवाफ लेखेर कि.नं.१०५ को जग्गा आदर्शनगर निर्माणकालागि श्री ५ को सरकारले प्रकाशीत गरेको सूचना भित्र नपरेको ,अधिग्रहण समेत नभएको प्रष्ट रुपमा लेखेर जवाफ दिएको छ । यो तथ्यलाई के भन्ने ? ।

कि.नं.१०५ को बैद्यता कहिले सम्म अस्तित्वमा छ ?

बीरगञ्ज महानगरपालिका वडा नंं ४ निवासी अब्दुल गनी अंसारीकी छोरी हुन निखत प्रविण अंसारी । उनको भारतमा बिवाह भएको छ । उनले कि.नं. १०५ को ३ कठ्ठा जग्गा ०५९/६/२३ गतेका दिन रामबिन्दु राउत कुर्मीबाट खरिद गरेको मालपोत कार्यालय पर्साको अभिलेखबाट देखिन्छ । रसिद नं १७६२ मार्फत रजिष्ट्रेशन पास भएको छ जसको थैली ३ लाख रुपैया राखेको देखिन्छ ।

चाख लाग्दो कुरा के छ भने यही कि.न.१०५ मिति ०७० फाल्गुण २५ गतेका दिन र.नं.३८९३/३ बाट रिना देवी साहको नाममा रजिष्ट्रेशन भएको अभिलेखमा छ । बाराको मालपोत कार्यालयमा निखत परविनको नामबाट रिना देवीको नाममा जग्गा रजिष्ट्रेशन भएको छ ।

त्यसको थैली जम्मा १ लाख रुपैया राखिएको छ । ११ वर्ष पछिको रजिष्ट्रेशनमा (दाखिला खारेजीमा) तीन लाखको थैली घटाएर १ लाख राख्नुले पनि यो रजिष्ट्रेशन किर्ते र जालसाझी हो भन्ने स्थापित हुने मालपोतका एक कर्मचारीले बताए ।

जमीनको थैली घटेर कारोवार हुने अभ्यास छैन । ११ वर्ष पछिको लेनदेनमा कुनै मूल्याकंन परिर्वत नहुने अझ घट्ने कुरा कुरा सत्य हुनै नसक्ने उनको दावी छ ।


मूल्याकंन जे जसो भएपनि कि.नं.१०५ को स्वामित्व निखत परिवनसंग रहेको कुरा बारा मालपोत कार्यालय र रिना देवीले पनि स्वीकार गरेको तथ्यले देखाएको छ ।

निखतले मालपोत कार्यालय पर्सामा ०६९ कार्तिक १६ र मंसीर २९ गते हालसाविक गराई पाउँभनी दर्ता नं.७०७३ निवेदन दर्ता गराएकी छिन । मालपोत कार्यालय पर्साको अभिलेखमा यो अहिले पनि छ ।

तर यो निवेदन दर्ता भएको १६ महिना पछि निखतको नामबाट रिनादेबी साहको नाममा बारा मालपोत कार्यालय प्रयोग गरेर रजिष्ट्रेशन गर्नुनै जालसाझी र किर्ते भन्न मिल्ने अर्को आधार बन्यो ।

यो १६ महिनामा मालपोतक कार्यालय पसाले हालसाविक गर्न चासो नदेखाएकै हुनाले उ बिरुद्ध उच्च अदालतले ०७५ सालमा परमादेश जारी गरेको अर्को तथ्य पनि छ ।

निखतको नक्कली दस्तखत र कागजात तयार गरेर जमिनको भोगाधिकार खोस्ने भू माफियाहरु सुशासन प्रतिको ओठेभक्ति दर्शाउने भ्रष्ट प्रशासक , राजनीतिक नेतृत्वको गैर जिम्मेवारबाट सृजित कुशासनको दुष्चक्रमा परेको एउटा नमुनाको रुपमा रहेको छ यो कि.नं १०५ । तथ्यपूर्ण इतिहासको अन्त्य यही हुदैन ।

रिनादेवीको नाममा कि.न. १०५ रजिष्ट्रेशन भएको कुरा मालपोत कार्यालय पर्साले चाल नपाएको भने होइन । उसले निखत परविनलाई उपस्थित गराएर जिष्ट्रेशन भएको कुराको सनाखत गराउनु पर्नेमा मालपोत कार्यालय पर्साले त्यो पनि गरेको देखिदैन ।

आफनो स्रेस्तामा भएको अभिलेख अर्को अड्डाबाट अर्कैको नाममा गईसक्दा समेत मालपोतले त्यो हो वा होइन भनेर यकिन गर्न किन जाँगर चलाएन ।

मालपोत कार्यालय पर्साले यसो नगरेकै कारण रिनादेबी साहको नाममा कि.न. १०५ को उनको नाममा लालपूर्जा बनेको छैन र स्रेस्ता समेत कायम छैन । कि.नं १०५ मालपोत कार्यालय पर्साको अभिलेखमा अहिले पनि निखत परविनको नाममा रहेको छ ।


मिति २०७७ साल असोज १२ गते पर्सा जिल्ला अदालतमा बादी रिना साह र प्रतिवादी स्काईलाइन इन्फ्रा प्रा.ली.का वीचमा मिलापत्र भएको छ । उक्त मिलापत्रमा रिना देवीले स्काइलाइनमा पर्ने आफनो जमिनको दावी छोडी लिनुदिनु मिलाएर मिलापत्र गरेको उल्लेख छ ।

तर रिना देवीको हकदैया नै स्थापित नभएको बिषयमा स्काइलाइनले मिलापत्र किन गर्यो ? भन्ने प्रश्न अहिले पनि निरुत्तर रहेको छ ।रिना देवीले हकदावी गर्नु भन्दा पहिला नै कित्ताकाँट भई अरुको नाममा दर्ता भएको जग्गामा मिलापत्र ? त्यो पनि अदालतको रोहवरमा ? अनि रिना देवीको हक काहा स्थापित भयो त ? यि यस्ता प्रश्नहरुको बिधि सम्मत जवाफ स्थापित नहुदा सम्म स्काइलाइन मल निर्माणको जगप्रति प्रश्न भने उठिरहन्छ ।


बीरगंज महानगरपालिकाको वडा नं ३ मा मालपोत कार्यालय छ । वडा नं ४ कि बासिन्दा हुन निखत परविन । बीरगंज मालपोत कार्यालय उनी बस्ने ठाउँबाट ५ सय मिटरको दुरीमा छ ।

 तर त्यो कार्यालयमा रजिष्ट्रेशन (लिखत) पास नभई बेइलाका अर्थात बाराको कलैयामा रहेको मालपोत कार्यालयमा गएर लिखत पास भएको कुरालाई किर्ते होइन ठिक साँचो हो भनेर भन्ने आधार के छ ? बरु यो काम भूमाफियाले किर्ते जालसाझी गरेर गरेका हुन भन्न मिल्ने एक लेखापढी ब्यवसायीले बताए ।

अर्को तथ्य यस्तो छ

यदी तत्कालीन श्री ५ को सरकारले प्लट अधिग्रहण गरेको नै हो भने । अहिले स्काइलाइनले चर्चेको प्लट नम्बरहरु ८४० महावीर अग्रवालको नाममा । ८४१ भैरव प्रसाद कल्वारको नाममा । ८४२ उमेशचन्द्र नेपाल र ८४३ सुमेश्वर प्रसाद कल्वारको नाममा रहेको छ ।

यहाँ रिनादेवीको प्लट काहा छ ? यही प्लटलाई नापीले नयाँनापीमा किताकाँट गर्दा ५४ महाविर प्रसाद, ५५ रिना कुमारी साह ,५६ उमेशचन्द्र नेपाल र ५७ सुनिल गुप्ताको नाममा देखिन्छ । यो काम पनि गैरकानूनी नै दावी गरिएको छ ।

रिना देवी साहले आदालतमा आफूले निखत परविनसंग खरिद गरेको दावी लिएको देखिन्छ । तर अधिग्रहण गरियो भनिएको प्लटमा पनि उनको हक लाग्ने जमिन देखिदैन ।

तर नापीको कित्ताकाँटमा उनको नाममा देखिन्छ । एक जना भूमिको बिषयका जानकारका अनुसार हक र भोगको निरन्तरता देखिनु पर्छ । अहिले विवादमा रहेको स्काईमलको जग्गाको दाताहरु खोज्दै जादा मात्र समस्याको हल निस्कने उनले बताए ।

उनले भने स्काइलाइन इन्फ्रा प्रा.ली.ले आफूले भोग गरेको जमिन कसबाट लिएको हो भन्ने कुरा स्थापित हुने गरि जग्गाका हस्तान्तरणकर्ताहरु सार्वजनीक गर्न आवश्यक रहेको उनले बताए ।

 यदी प्लट हो भने प्लट सम्बन्धी सम्पूर्ण कागजातहरु अधिग्रहणको निर्णय बिक्रीको प्रक्रिया,बिक्रेता आधिकारिक ब्यक्ति सहितका तथ्य र नापीले गरेको कित्ता काँट पनि कसबाट कसकोमा पुगेको हो भन्ने कुरा सार्वजनीक गर्न सक्नु पर्ने उनले प्रष्ट पारे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज महानगरको आमसञ्चार समितिले पूर्णता पायो, महानगरको सूचना प्रणाली अझ सुदृढ र व्यवस्थित हुने प्रमुख सिंहको बिश्वास

वीरगंज  । वीरगंज महानगरपालिकाको आमसञ्चार प्रवर्द्धन तथा नियमन समितिले पूर्णता पाएको छ। यसअघि नै वरिष्ठ पत्रकार शत्रुघ्न नेपाल संयोजकमा नियुक्त भइसकेको समितिमा आज थप ११ जना सदस्य मनोनयन भएसँगै समितिले पूर्णता पाएको हो।

ठाकुुरराम बहुमुखी क्याम्पसको प्रमुखमा डा. यादव नियुक्त

वीरगन्ज । त्रिभूवन बिश्व बिद्यालयको आंगीक क्याम्पस मध्य तराईको प्रमुख शिक्षण संस्था ठाकुरराम बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डा. केशव यादव नियुक्त भएका छन ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.