logo

पर्साका प्रजिअ अर्याल बिभिन्न क्षेत्रका अगुवासंग सम्वाद गर्दै,सुशासन र सेवा प्रवाह नागरिकले अनुभूती गर्ने गरि रुपान्तरण गर्न कटीबद्ध

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक १४ गते ०७: ३२ मा प्रकाशित     461   पटक पढिएको

वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कार्यकाल सम्हालेदेखि नै जिल्लाका बिभिन्न सरोरकार समुहसंग सम्वाद गरेका छन ।

 

उनले समग्र जिल्लाको मनोबिज्ञान बुझ्नकालागि सम्वादबाट आफ्नो कार्य प्रारम्भ गरेको बिशलेषण गरिदै छ । 


उनले पर्साका राजनीतिक दलका नेतृत्वसंग पनि छलफल गरे । छलफलका माध्यमले राजनीतिक दलको नेतृत्वमा रहेका ब्यक्तिहरुको एउटा प्रशासकको संगको अपेक्षा के रहेछ भन्ने उनले बुझ्ने कोशिस गरे । पर्साको समस्याका बारेमा दलका नेताहरुको वास्तविक बुझाईसंग उनले साक्षत्कार गरे । 


राम्रो प्रशसकको छवि बनाएका प्रजिअ अर्यालले पर्साको कार्यकालको शुरुवात पनि राम्रै गरेका छन । बिहानीले दिनको संकेत गर्छ भने झै उनको पर्साको बसाईलाई प्रारम्भमा भएका छलफल सम्वादले सकारात्मक सन्देश भने दिएको छ । 


उनले जिल्लाका संचारकर्मीहरुसंग पनि सम्वाद गरेका छन । सम्वादमा उनले संचार क्षेत्रलाई उच्च प्रथामिकतामा राखेको जनाउ दिए । उनले जिम्मेवार र जावफदेही पत्रकारिताको अपेक्षा समेत गरे ।

 

उनले अमेरिकाको चर्चित “वाटरगेट काण्ड”को प्रसंग निकालेर पत्रकारिताको तथ्यपूर्ण प्रस्तुतीको शक्तिको बयान पनि गरे । राज्यले चौथो अंगको मान दिएको कुरालाई उनले सगौरब सम्मान गरे ।


उनले पर्साको सन्दर्भमा  सुशासन र सेवा प्रवाहलाई जनताले अनुभूती गर्नेगरि रुपान्तरणको प्रतिवद्धता गरे । त्यसका लागि रणनीति तय भइरहेको उनले सुनाए ।

उनले लेखापढीको आवरणमा हुने दलालीलाई निरुत्साहित पार्ने योजना सुनाए ।  अनुसार जिल्ला प्रशासनमा आएर लेखापढीको आवरण दलाली हुने गरेको उनको ठम्याई छ । आफ्नो कार्यकालमा पर्सामा त्यो काम गर्ने वातावरणको अन्त्य गर्ने उनले बचन दिए ।

राहदानी र राष्ट्रीय परिचयपत्रको फर्म भर्ने सेवा  जिल्ला प्रशासन कार्यालय पर्साको परिसर भित्रै निशुल्क रुपमा उपलब्ध गराउने आफनो योजना सुनाए । उनले राहदानी र राष्ट्रीय परिचय पत्र भर्ने लगायतका काममा हुने दलाली सहन गर्न नसकिने बताए । 

आफ्नो नेतृत्वको सुरक्षा समितिले नै जिल्लामा सुशासनका क्षेत्रमा प्रभावकारी ढंगले काम अठोट लिएको सिडिओ अर्यालको भनाइ छ ।

उनका अनुसार यसअघि बसेका जिल्लाहरुमा उत्कृष्ट काम गरेकै कारणले उत्कृष्ट कर्मचारीको सम्मान पाएको हुँ ।‘यो जिल्लामा हरेक हिसाबले उत्कृष्ट काम गरेर देखाउँनेछु,’ उनले भने ।

 

 जिल्ला प्रशासन कार्यालयमा बुधबार राखिएको भेटघाटमा सिडिओ अर्यालले आफ्नो कार्यकालमा खासगरी तीनवटा काममा सुधार ल्याउने योजना रहेको सुनाए ।


पहिलो, सिडिओ कार्यालयभित्र राखिएको नागरिक वडापत्र पढेर बुझ्ने कति नागरिक छन् ? त्यसको अर्को फ्रेम बनाउने काम गर्छु । दोस्रोमा, दलालीको कामको अन्त्य गर्ने अघि नै भनिसकेको छु, यो गर्छु । र, तेस्रोमा भने सेवा प्रवाहमा कुनै आनाकानी नहुने गरी सरकारी काम गर्नेछु ।

पत्रकारहरुसंगको भेटघाटमा प्रजिअ अर्यालले समाजको विकृतिका कुरा उठान गरेसंगै सकारात्मक कुराहरु पनि उठान गरिदिन आग्रह गरे ।

सकारात्मक समाचार प्रकाशन गरेमा सबैलाई काम गर्ने हौसल्ला मिल्ने भएकोले त्यो ध्यानमा राखेर सहयोग गरिदिनहुन सिडिओ अर्यालको भनाइ छ । 


तर समाजमा समाचारको महत्व धेरै हुने भएकाले कसैको बारेमा केही लेख्दा सम्बन्धित व्यक्तिसंग प्रतिक्रिया लिएर राखिदिनुहुन समेत अनुरोध गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.