logo

नेपाल सम्बत अन्यत्रबाट आयतीत होइन नेपाली माटोको उपज होः प्रधानमंत्री ओली

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक १७ गते ०७: ०७ मा प्रकाशित     308   पटक पढिएको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप कसैले गर्न नहुने बताएका छन  ।


नेपाल संवत् नयाँ वर्ष ११४५ का अवसरमा शनिबार मूल समारोह समितिले काठमाडौंको वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कुनै यज्ञ चलिरहेका समयमा बाँदर आएर यज्ञ बिथोले जस्तै सांस्कृतिक चाड र पर्वलाई बिथोल्ने प्रयास हुन नहुनेमा जोड दिएका हुन ।

 

‘राजनीतिक तथा सांस्कृतिक कार्यक्रममा यज्ञमा बाँदर आइपुगे जस्तो हुँदैन, यसलाई राष्ट्रिय एकताका साथ सबैको गौरव, सबैको उपलब्धिको रूपमा लिनु पर्दछ उनले भने । 


प्रधानमन्त्री ओलीले नेवारी संस्कृति र भाषा नेपालको एक समृद्धि संस्कृति र विशेष पहिचानको विषय बनेको बताए । नेपाल संवतलाई कामकाजका भाषाका रूपमा प्रभावकारी कार्यान्वयन, राष्ट्रिय विभूति शंखधर साख्वाका विषयमा अध्ययन अनुसन्धान र कक्षा ९ र १० को ऐच्छिक विषयका रूपमा नेपाल भाषालाई पनि समावेश गर्ने जस्ता यस क्षेत्रका मागका विषयमा सरकारको ध्यान जाने ओलीले बताए  । 


उनले  नेपाल संवत् मूल समारोह समिति आयोजनाका लागि सहयोगस्वरुप विगतमा आफू हुँदा थालनी भएको र बिचका केही वर्ष रोकिएको १० लाख रुपैयाँमा वृद्धि गरी यस वर्ष सरकारले १५ लाख पुर्‍याएको  स्मरण गराए  । 


प्रधानमंत्री ओलीले नेपाल सम्बतको असाधारण महत्त्व रहेको चर्चा गर्दै , नेपाली माटोको उपज  अन्यत्रबाट आयातित होइन, हाम्रो सभ्यता, हाम्रो संस्कृति हाम्रो माटाको उत्पत्ति हो, हाम्रो कला हाम्रो माटोको उत्पत्ति हो, यी कुरालाई जति संरक्षण गर्न सक्छौँ नेपाली त्यति नै सांस्कृतिक रूपले समृद्ध हुँदै जाने बताए  । 


नेपाल भौगोलिक, जैविक, भाषिक, सांस्कृतिक विविधताको देश भएको ओलीले प्रष्ट पारे । ती मध्य पनि सबैभन्दा धनी संस्कृति काठमाडौं उपत्यकाको संस्कृति भएको ओलीले दाबी गरे । 


नेपाल संवत् असाधारण चिन्तनको स्मरणमा सुरु भएको संवत् भएको ओलीले बताए । कसैलाई हराएर ल्याएका दिन नेपाल संवत् नभएर जनतालाई ऋण मुक्त गरेको दिन भएको ओलीको भनाइ छ । 


कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुुब्बा गुरुङ, संघीय सांसद् कृष्णगोपाल श्रेष्ठ, नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत सहभागी थिए 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.