logo

सात दिन भित्र विवरण बुझाउन तीन मन्दीरलाई  महानगरको पत्र

 इसीमाना सम्वाददाता     २०८१ फागुन २१ गते ०९: ०९ मा प्रकाशित     645   पटक पढिएको

वीरगंज । वीरगंज महानगरपालिकाले बीरगंज भित्र रहेका मठ, मन्दिर, चैत्य, गुम्बा, मस्जिदलगायत धार्मिक संस्थाहरूलाई ७ दिनभित्र आवश्यक विवरण बुझाउन पत्र काटेको छ ।

पत्रमा मन्दिर तथा धार्मिक स्थलहरूको सञ्चालक समिति गठन प्रक्रिया, समितिको विस्तृत विवरण, मन्दिर दर्ताको प्रमाणपत्र, दर्ता भएको निकाय, मन्दिरको विधान, आम्दानीरखर्च विवरण, बैंक स्टेटमेन्ट, खाता नम्बर र सम्बन्धित बैंकको नाम पेश गर्न भनिएको छ ।


महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख राजकृष्ण ताम्राकारका अनुसार, धार्मिक सम्पदाहरूको पारदर्शी व्यवस्थापनका लागि महानगरले विशेष ऐन समेत तयार पारेको छ ।

 

 उनका अनुसार, गहवामाई मन्दिर, महावीर मन्दिर, गीता मन्दिर लगायतका प्रमुख धार्मिक केन्द्रहरूमा पत्र पठाइएको छ भने अन्य धार्मिक स्थलहरूको विवरण संकलनको तयारी भइरहेको छ ।


यो कदमले वीरगंजका धार्मिक स्थलहरूलाई आर्थिक र प्रशासनिक रूपमा व्यवस्थित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । साथै, श्रद्धालुहरूको विश्वासलाई मजबुत बनाउँदै धार्मिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने महानगरको योजना रहेको छ। 

यस अघि बीरगंज महानगर प्रमुख राजेशमान सिंहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै धार्मिक केन्द्रहरूको सञ्चालनमा पारदर्शिता नभएको र आर्थिक व्यवस्थापनमा अनियमितता हुनसक्ने आशंका ब्यक्त गरेका थिए । सिंहको सामाजिक संजालको अभिब्यक्ति पछि महानगरले पत्राचार गरेको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.