मधेश सरकारको देखीने काम,तीन सय बीस किमी कालोपत्रे सडकको प्रम ओलीले शिलान्यास गर्ने
इसीमाना सम्वाददाता
२०८२ जेठ १७ गते ०१: १८ मा प्रकाशित
1439 पटक पढिएको
जनकपुरधाम । मधेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको तयारी पूरा भएको छ।
मधश सरकारका भौतीक पूर्वाधार मन्त्री सरोज यादवले नयाँ सडक निर्माणका लागि आवश्यक सबै प्रशासनिक प्रक्रिया पूरा भइसकेको बताए ।
३ सय २० किलोमिटर कालोपत्रे सडक निर्माणकालागि १३ अर्ब ५० करोड रुपियाँ विनियोजन गरिएको छ ।
यसले ग्रामीण क्षेत्रलाई शहर संग जोड्ने र स्थानीय विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १८ गते (आईतबार) जनकपुरधामबाट यस योजनाको डिजिटल शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।
यस योजनाअन्तर्गत मधेश प्रदेशका ६४ वटै प्रदेशसभाका निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटरका दरले कुल ३ सय २० किलोमिटर कालोपत्रे सडक निर्माण गरिनेछ।
भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले यो योजना मन्त्रालयको मात्रै नभई सम्पूर्ण मधेश प्रदेशबासीको भएको बताएका छन्। उनले यो योजनालाई प्रदेशको गौरबको योजना भएको समेत बताए ।
प्रदेश सरकारहरुले एकै पटक करिव १४ अर्वको लागतको योजनाको शिलान्यास गर्ने यो पहिलो कार्यक्रम पनि हो । यस अघि प्रधानमन्त्री के.पी.ओली हुदा नै स्वास्थ्य केन्द्र सहित अन्य योजनाहरुको डिजिटल शिलान्यास भएको थियो ।
मधेश प्रदेश सरकारको यो योजनालाई पनि महत्वपूर्ण र सरकारको देखिने कामको रुपमा मधेशवासीले बुझेका छन ।
यस सडक निर्माणबाट कृषि उत्पादन बजारसम्म पुर्याउन सजिलो हुने, आपतकालीन सेवा सहज हुने, रोजगारी सिर्जना हुने, व्यापार, पर्यटन तथा स्थानीय उद्योगधन्दा प्रवर्द्धनमा समेत मद्दत पुग्ने विश्वास गरिएको छ।
शिलान्यास कार्यक्रम जनकपुरधामस्थित महेन्द्रनारायण निधि सभागृहमा आयोजना हुने मन्त्री यादवले जनाएका छन ।
मन्त्री यादवले यस्ता योजनालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। यस योजनाले जनतालाई प्रत्यक्ष लाभ पुर्याउने भएकाले सन्देशमूलक बनाउन जरुरी रहेको उनको भनाइ छ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।
रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।
तपाईको प्रतिक्रिया