logo

वीरगंज महानगरले पनि दुई दिन बिद्यालयलाई दियो बिदा

 इसीमाना सम्वाददाता     २०८२ जेठ २८ गते ०८: ०३ मा प्रकाशित     373   पटक पढिएको

वीरगन्ज । अत्यधिक गर्मीका कारण वीरगंज महानगरपालिकाले दुई दिन विद्यालय बन्दको घोषणा गरेको छ ।

विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै नगरपालिकाले यहाँका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई २ दिनका लागि बिदा दिने निर्णय गरेको छ। लगातारको बढ्दो तापक्रमले बालबालिकाहरूको स्वास्थ्यमा जोखिम बढेको भन्दै यो निर्णय गरिएको हो।


वीरगंज महानगरपालिका शिक्षा बिकास महाशखाका प्रमुख आनन्द लामिछानेले एक सूचना जारी गदैृ  जेठ २९ र  ३० गते शुक्रवारसम्म महानगरपालिका अन्तर्गतका बाल विकासदेखि  सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठनपाठन बन्द रहने जनाएका छन ।

यद्यपी, विद्यालयको शैक्षिक गतिविधि बन्द रहे पनि यस अवधिमा विद्यालयको प्रशासनिक सेवा भने सञ्चालनमा रहनेछ। नगरपालिकाले २०८२ असार १ गते आइतबारदेखि भने विद्यालयको पठनपाठन पूर्ववत् समयमा सञ्चालन हुने जानकारी गराएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

भानु जयन्तीकाे अवसरमा साहित्यकार लाठ र अधिकारीका कृति पुरस्कृत

वीरगञ्ज । नारायणी वाङ्गमय प्रतिष्ठान, वीरगञ्ज पर्साको आयोजनामा आज आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीमा एक कार्यक्रम सम्पन्न भएकाे छ ।

नेकपा एमालेको मधेश प्रदेशको चोथौ बैठक, खानेपानीको वैकल्पिक व्यवस्था गर्न  केन्द्रीय ‌प्रदेश र स्थानीय सरकारसँग माँग

वीरगंज नेकपा (एमाले) मधेस प्रदेश कमिटीको चौथो बैठकले  मधेस प्रदेशमा लामो समयदेखि आवश्यक पानी नपरेको कारण मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी सिंचाई तथा खानेपानीको वैकल्पिक व्यवस्था गर्न आवश्यक बजेट परिचालन गर्न केन्द्रीय ‌प्रदेश र स्थानीय सरकारसँग माँग गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.