logo

आलमलाई सफाई दिने न्यायधीशद्वयमाथि इजलाशमै कालो मोसो, तीन जना पक्राउ

 इसीमाना सम्वाददाता     २०८२ जेठ २९ गते ०५: २९ मा प्रकाशित     338   पटक पढिएको

                                                                          फाइल तस्विर 

वीरगन्ज । उच्च अदालत, अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीराम  र अर्जुन महर्जन थारुमाथि कालो मोसो दलिएको छ ।

 

उच्च अदालत जनकपुरको अस्थायी इजलाश बीरगज इजलासमै मोसो प्रहार भएको हो।

धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरूले वीरगन्ज इजलासमा प्रवेश गरी न्यायाधीशद्वयमाथि  मोसो प्रहार गरेका हुन्। उनीहरूले इजलासभित्रै ‘जनताको विरुद्धमा फैसला गर्न पाइँदैन’ भन्दै नाराबाजी गरेका थिए।

May be an image of hospital

न्यायधीशद्वय अर्को कुनै मुद्धाको सुनवाई गरि सकेर आदेशका बारेमा बिर्मश गरिरहेका थिए । त्यही बेलामा इजलाशमा प्रवेश गरेका बहुमतका कार्यकर्ताले मसी प्रहार गरेका हुन ।।

मोसो प्रहार गरेलगत्तै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा गर्भू महतो, पदमबहादुर मगर, र अभिनाष भन्ने किशोर कुम्हाल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालले जनाएका  छन्।

 

पक्राउ परेकाहरुले आफनो मिशन सफल भएको भन्दै हत्कडी लगाएको हातम एक अर्कोसंग मिलाएका थिए । 

यो घटना रौतहटको बहुचर्चित राजपुर बम विस्फोट र व्यक्ति हत्या प्रकरणसँग जोडिएको छ। यसअघि, गत जेठ १४ गते जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले सफाइ दिएको थियो। उक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.