logo

महासेठ दम्पती पत्रकार सामु, भने जनकपुरको बिकासका बाधक नीधि हुन

 इसीमाना सम्वाददाता     २०८२ असार २२ गते १२: ३६ मा प्रकाशित     187   पटक पढिएको

जनकपुरधाम ।नेकपा एमालेका सचिव बिदेश बिभाग प्रमुख एवं पूर्व उपप्रधानमन्त्री रघुविर महासेठले नेपाली कांग्रेसका नेता बिमलेन्द्र नीधि बिकास बिरोधी भएको बताएका छन । 

 


महासेठले आइतवार जनकपुरमा पत्रका सम्मेलन मार्फत यस्तो कडा टिप्पणी गरेका हुन । नेपाली कांग्रेसका नेता नीधिले शनिवार जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गरि नेकपा एमालेका नेताद्वय रघुवीर महासेठ र जुली महासेठका कारणराजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन फुलगामास्थित मनियारीवाट सारेर अन्यत्र लग्न लागेको आरोप लगाएका थिए ।

May be an image of 12 people, dais and text


थिए आरोपका प्रतिउत्तरमा महासेठ दम्पतीले नै पत्रकार सम्मेलनबाट नीधिको बिकास बिरोधी कामबाट जनकपुरले आधुनिक जनकपुर बन्न नपाएको बताए । 

 

नेता महासेठले पटकपटक विकास विरोधि काम गर्ने र अरुमाथि आरोप लगाउनु नीधिको काम लाजास्पद रहेको टिप्पणी गरे । उनले जनकपुरधामको फोहर मैला व्यवस्थापन हुन नसक्नुदेखि लिएर दुर्गानन्द झाको नाममा स्मृति भवनसमेत निर्माण नगरी एमालेलाई बिकास बिरोधि भन्नू गलत रहेको बताए ।

उनले जनकपुरधामस्थित गंगा सागरको डिलमा करिब एक कठ्ठा जग्गामा स्वर्गीय रामनारायण मिश्रको स्मृति भवन बनाउने, दुर्गानन्द झाको जटहीमा बन्न लागेको स्मृति भवनको विरोध गर्ने र गराउने नेता निधि नै रहेको दाबी गरे ।

 

राजर्षि जनक विश्वविद्यालय नेता निधिले मात्रै नल्याएको दाबी गर्दै उनले नेता निधिले आफ्नो वाहवाहीका लागि झुटो बोलेको आरोप लगाए । प्रशासनिक भवन फुलगामाको मनियारीमा बनोस वा अन्य ठाउँमा तर बन्नुपर्ने उनको तर्क थियो ।

 


नेता निधिले हिजोको पत्रकार सम्मेलनमा धनुषा निर्वाचन क्षेत्र नम्वर ३ र ४ वाट बिजयी प्रतिनिधिसभा सदस्यहरु राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन फुलगामास्थित मनियारीवाट सारेर अन्यत्र लग्न लागेको आरोप लगाएका थिए ।

तर, नेता महासेठले विश्वविद्यालय सम्पूर्ण मिथिला मधेशबासीको परिकल्पना रहेका कारण आफुले त्यस्तो सोच नराखेको स्पष्ट पारे ।

May be an image of 5 people and text

 त्यस्तै एमालेकी पोलिट्व्युरो सदस्य जुलीकुमारी महतोले नेता निधिले महिला सांसद भनेर गरेको टिप्पणी प्रति आक्रोश पोखिन् ।

 

उनले आफूलाई महिला सांसद भन्दै निधिले कामकाजको वातावरण बिगारेर केही गर्न नसकेको आफू बिरुद्ध प्रचारप्रसारमा लागेको बताइन् ।

 

पत्रकार सम्मेलन प्रेस चौतारी नेपाल धनुषाका अध्यक्ष नविन प्रियदर्शीको अध्यक्षतामा भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,उपाध्यक्ष र प्रशासकीय अधिकृत मण्डलद्वयसहित अन्य पनि निलम्बनमा

जनकपुरधाम ।  धनुषाको धनौजी गाउँपालिकाकी वर्तमान उपाध्यक्ष, तत्कालिन अध्यक्ष, अधिकृत, लेखासहित ९ जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको छ ।

करेन्ट लागेर रौतहटको शितलपुरका ३० वर्षिय युवाको मृत्यु

चन्द्रपुर । रौतहटमा बिहिवार  बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । फतुवा बिजयपुर २ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.