सशस्त्र प्रहरीद्वारा रौतहटमा लागुऔषधसहित निजगढका दुई युवा पक्राउ
इसीमाना सम्बाददाता
२०८२ असार २२ गते ०६: २२ मा प्रकाशित
1122 पटक पढिएको
गौर । सशस्त्र प्रहरी बल नेपालले लागुऔषधको कारोबारमा संलग्न दुई युवालाई पक्राउ गरेको छ ।
बारा जिल्ला निजगढ नगरपालिका–८ का नवबहादुर वाइबा र दावा योञ्जनलाई लागुऔषधसहित पक्राउ गरेको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं गणपति सन्तोषकुमार बस्नेतले जानकारी दिए । प्रहरीले उनीहरूलाई रौतहटको गजुरामुखीबाट पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीले उनीहरुको साथबाट ट्रमोल ३ सय थान, निट्राजेपाम ट्याब्लेट १ सय ४० थान र नेटजेटकेयर पाँच थान लागुऔषध बरामद गरेको छ ।
लागुऔषधसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय लक्ष्मीनियाँ, विजयपुरमा बुझाएको गणपति बस्नेतले जानकारी दिए ।
सीमासुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले रौतहट जिल्लाको सीमाना पारी रहेका भारतीय बजारबाट लुकिछिपी हुने लागुपदार्थसहित सबै किसिमका अवैधधन्धाको न्यूनीकरण तथा नियन्त्रणका लागि सक्रियताका साथ योजनाबद्ध ढङ्बाट काम गरिहेको बस्नेतले बताए ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।
रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।
तपाईको प्रतिक्रिया