logo

स्वास्थ्य अधिकृत ठाकुरलाई कारवाही गर्न महासंघ लगायतका संघ संस्थाको माँग

      २०८२ असार २३ गते ०२: ०८ मा प्रकाशित     1300   पटक पढिएको

वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले सोमवार एब बिज्ञप्ति जारी गरि स्थानीय प्रशासनको भूमिकाप्रति असन्तोष जनाएको छ ।


आइतवार  पर्साका पत्रकारहरुलाई दूर्ब्यवहार गरेका जिल्ला स्वास्थ्य कार्यालय पर्साका  अधिकृत जयमोद ठाकुरलाइृ कारवाही गर्न स्थानीय प्रशासनले तदारुकता नदेखाएपछि  महासंघले असन्तोष जाहेर गरेको हो । 


पत्रकार महासंघ सहित पत्रकारहरुसंग स्थानीय प्रशासनले ठाकुरलाई कारवाही गर्ने कुरामा आश्वासन दिएपनि त्यो अनुरुपको ब्यवहार नगरेर स्थनीय प्रशासनले बिषयलाई हल्का बनाउन खोजेको महासंघले निष्कर्ष निकालेको छ ।

 

महासंघ पर्सा शाखाका सचिव बिजय महतोद्वारा जारी बिज्ञप्तिमा स्वास्थ्य अधिकृत ठाकुरलाई कानून दायरामा नल्याइए पत्रकार महासंघले स्थानीय प्रशासनका बिरुद्ध आन्दोलनको चेतावनी समेत दिएको छ । 

 

यसैवीच प्रेस चोतारी नेपाल , प्रेस सेन्टर नेपालले पनि अलग अलग बिज्ञप्ति जारी गर्दै ठाकुरालाई कारवाहीको माँग गरेको छ । 

 

प्रेस चौतारी पर्साका सचिव कृष्णा कुशवाहाद्वारा जारी विज्ञप्तिमा पत्रकारमाथि भएको दुर्व्यवहारको घोर निन्दा गर्दै दोषी स्वास्थ्य अधिकृत जयमोद ठाकुरलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छ।  

 

माग तत्काल सम्बोधन नभए संघर्षका कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

प्रेस सेन्टर पर्साका सचिव अजित भुजेलले जारी गरेको विज्ञप्तीमा यदि स्वास्थ्य अधिकृत ठाकुरलाई तत्काल कानुनी कारबाहीको दायरामा नल्याइएमा कडा संघर्षका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने चेतावनी दिइएको छ ।


आइतवार ठाकुरले पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्य आरोहणकुमार साह, पत्रकार राजु बैठा, राकेश कुमार साह, सन्तोषकुमार कुशवाह, अर्जुन चौधरी, आनन्दकुमार पटेललगायतलाई स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत जयमोद ठाकुरले अपशब्द प्रयोग गर्दै गालीगलौज तथा दुर्व्यवहार गरेका थिए ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.